सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले ओलीलाई प्रधानमन्त्रि पदबाट हटाउन माग गरेका छन् । कुर्सी जोगाउन ओलीले जे पनि बोल्ने र गर्ने गरेको आरोप लगाउदै प्रधानान्त्रि ओलीबाट देश र लोकतन्त्र दुबे खतरामा परेकोले प्रमबाट बिदा गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई आग्रह गरेका हुन् ।
मंगलबार सामाजिक सञ्जाल ट्विटर मार्फत थापाले सोमबार अयोध्या नेपालमा पर्छ भन्ने प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पुरानै प्रवृत्ति र उट्पट्याङ शैली नभएर क्षणिक आवेगको रुपमा बोलेको बताए ।
उनले यो नेकपाको आन्तरिक किचलोमा प्रधानमन्त्रिले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट भएको दावी गरेका छन् ।
थापाले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको दावी गर्दे आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने गरेको बताए ।
गगन थापाले ट्विटरमा लेखेका छन् :
‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले”जे पनि बोल्ने”प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ।मेरो विचारमा-यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो।
प्रमलाई राम्रोसंग थाहा छ;यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफुलाई’कथित राष्ट्रवादी’बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो।
यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पार्छ।आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने,प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ।यसलाई हल्का रुपमा नलिऔं।यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं।
प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो।प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो।कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र!नेकपाका साथीहरू!राजनीतिक होइन भनेर नपन्छिनोस,अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा