सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा परेकाहरुको उद्धार कार्यमा एपीएफ टोलीले सकृयताका साथ जुटेको छ ।
स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका ४ खहरेमा पहिरो खसेर ६ जना बेपत्ता भएको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गुल्म स्याङ्जाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी उनीहरुको खोजी कार्यमा जुटेका छन् ।
उक्त पहिरोमा परी पुरिएकाहरुमध्ये सोही ठाउँ बस्ने ६७ वर्षिय होमनाथ पाण्डे र ५५ वर्षिय बीरबहादुर रानालाई घाइते अवस्थामा उद्वार गरी उपचारार्थ प्राथमिक स्वास्थ्य केन्द्र दिर्घामा पठाईएको छ भने एक जनाको शव फेला परेको छ । बेपत्ता तीन जनाको खोजीकार्य भईरहेकोे छ । यसैगरी उदयपुर जिल्लाको वेलका नगरपालिका १ स्थित वेलिमा अविलर वर्षाको कारण त्रियुगा नदिमा आएको बाढिले जमिन कटान गरी गाउँ नै जोखिममा परेपछि उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामपुरबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दा सकृयताकासाथ अस्थायी बाँध बाध्ने कार्यमा कार्यमा जुटेका छन् ।
यसैगरी सुनसरी जिल्लाको रामधुनी नगरपालिका ८ स्थित सुनसरी खोलामा स्थानीय एक बालक पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट एपीएफ टोली उनको खोजी तथा उद्वार कार्यमा जुटेको छ ।
यसैगरी रौतहट जिल्लाको राजदेवी नगरपालिका ४ वसन्तपुरमा बागमती नदिले ठोकर कटान गरेपछि त्यस ठाउँमा नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दा अस्थायी बाँध बाध्ने कार्यमा जुटेका छन् ।
यसैगरी नवलपरासी जिल्लाको विनयत्रिवेणी गाउँपालिका २ स्थित दाउन्नेमा पहिरो खसेर पूर्व पश्चिम लोकमार्ग अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सर्दीबाट एपीएफ टोली खटिई गई स्थानीय प्रहरी तथा जेसीबीको सहयोगमा उक्त पहिरो हटाईएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा