सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आबद्ध व्यवसायीले लकडाउनका कारण गाडी चलाउन नपाउँदा ऋणको साँवाब्याजको किस्ता तिर्न नसकेको भन्दै जुन बैंक, वित्तीय संस्थाबाट ऋण लिएर गाडी किनेको हो उसैलाई साँचो बुझाउन थालेका छन् ।
केही दिनअघि पत्रकार सम्मेलन गरेर सर्त राखेका व्यवसायीले माग पूरा नभएपछि सोमबारबाट बुझाउन सुरु गरेका हुन् । लामो लकडाउनका कारण आर्थिक संकटमा परेकोले व्यवसायबाट हात झिक्न खोजेको उनीहरुको भनाइ छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जुन बैंक, वित्तीय संस्थाबाट ऋण लिएर गाडी किनेका हो, उसैलाई गाडी फिर्ता गरेको बताए । ‘ऋण तिर्न नसके उनीहरुले धितोको रुपमा राखिएको गाडी नै फिर्ता लिन्थ्यो, यसपटक हामीले नैसाँचो बुझायौं,’
सरकारले किस्ता र ब्याज तिर्ने समय अवधि बढाइदिनुपर्ने व्यवसायीको माग सम्बोधन नगरेपछि आफूहरु व्यवसायबाट पछाडि हट्नुपरेको उनले बताए । ‘हामीले गाडीको साँचो बुझाएका छौं, अब बैंकले गाडीको मूल्यांकन गर्छ,’ केसीले भने, ‘बैंकले गाडी लिलाम गर्दाको मूल्यांकन अनुसार गाडीको रकमले ऋण तिर्न नपुगे व्यवसायीले थप गर्नुपर्नेछ, बढी भए फिर्ता दिनुपर्नेछ ।’
पृथ्वीमा आवद्ध ९० वटा ठूला बसको साँचो सोमबार वित्तीय संस्थालाई बुझाइएको अध्यक्ष केसीले बताए । विभिन्न चारवटा वित्तीय संस्थालाई ९० वटा गाडीको साँचो बुझाएको अध्यक्ष केसीले बताए ।
उनले पहिलो चरणमा ९० वटा गाडीको साँचो बुझाएको र केही दिन संकलन गरेर थप बुझाउने बताए । ‘अहिलेकै अवस्थामा बैंकबाट साँचो फिर्ता ल्याएर गाडी चलाउने कुरा रहन्न । गाडीको ऋण कसरी असुल्ने भन्ने अब बैंकले नै बुझ्नुपर्छ,’ उनले भने, ‘वित्तीय संस्था डुब्ने अवस्था आउनेछ । त्यसको जिम्मेवार राज्य हुनेछ ।’
लामो समय लकडाउन हुँदा आम्दानी शून्यमा झरेको भन्दै सार्वजनिक यातायात सेवा प्रदायक व्यवसायीले बैंक तथा वित्तीय संस्थालाई गाडी किन्दाको ऋणको किस्ता र ब्याज तिर्न नसक्ने अवस्था आएकोले वित्तीय संस्थालाई तिर्नुपर्ने किस्ताको अवधि कम्तीमा ६ महिना बढाइदिन आग्रह गर्दै आएका थिए ।
एनएमबी, गरिमा विकास, प्राइम र मुक्तिनाथ विकास बैंकका पोखरास्थित शाखा प्रमुखलाई बोलाएर व्यवसायीले सवारीका साँचो हस्तान्तरण गरेका थिए । बैंकका शाखा प्रमुखहरुले सुरुमा गाडीको साँचो बुझिलिन आनाकानी गरेका थिए । उनीहरुले बरु कर्जालाई कसरी सहज बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरी निष्कर्ष निकाल्दा राम्रो हुने भन्दै साँचो बुझ्न मानेका थिएनन् ।
यातायात व्यवसायीले सरकार र राष्ट्र बैंकले आफूहरुको माग पूरा गर्न बेवास्ता गरेकाले धितोको रुपमा राखिएको गाडी नै फिर्ता लिएर सहयोग गर्न बैंकलाई अनुरोध गरेका थिए ।
कम्पनी अध्यक्ष केसीका अनुसार कम्पनीमा १४ सय सवारी छन् । ती सवारीमा करिब पाँच अर्ब ६० करोड रुपैयाँ लगानी छ । यसमा ७० प्रतिशत बैंक वित्तीय संस्थाको ऋण छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा