सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अब्दुल सामद / रौतहट । राजदेवी नगरपालीकाको नगर प्रमु्ख र उप–प्रमुख बिचको विवाद उत्कर्षमा पुगेको छ । आफनो कार्यकक्षमा लगाइएको ताला फोडी महत्वपुर्ण कागजात लगेको आरोपको नगर उप–प्रमुख अंशु सिंहले गम्भिर ध्यानाकर्षण भएको जनाएकी छिन् ।
उप–प्रमुख सिंहले आज एक प्रेस विज्ञप्ति जारी गर्दे नगर प्रमुख धिरेन्द्र कुमार सिंहले गएको जेठ १ गते असार ८ गतेको लागी बैठक बस्ने पत्र पठाएको र उक्त पत्रको आधारमा तोकिएकै दिन बैठकमा उपस्थित हुँदा विना जानकारी नगर प्रमुख र नि. प्रशासकिय अधिकृत संजय कुमार पाण्डेले एकासी सुचना टास गरी नगर कार्य समितिको बैठक स्थगीत गरेको आरोप लगाएकी छिन् ।
नगर प्रमुख बिना उक्त दिननै आफनोे अध्यक्षतामा बसेको नगर कार्य समितिको बैठकले २० बुँदे प्रस्तावहरु बहुमतले पारित गरेको पनि सिंहले बताएकी छिन् ।
दुई तिहाई भन्दा बढि सदस्यहरुले नगर कार्य समितिको बैठक बस्न नगर प्रमुखलाई पटक–पटक आहवान गर्दा पनि ब्यवास्ता गरेकोे विज्ञप्तिमा जनाइएको छ ।
बैठक बस्ने कोठा नगर प्रमुखको कार्यकक्ष भएकोले नि.प्रशासकिय अधिकृतले समेत बैठक बस्नको लागी चावी नदिएको कारण आफुहरुले बाध्य भएर ताल्चा फोड्नु परेको दाबी गरेकी छिन् ।
विज्ञप्ति मार्फत उनले नगर प्रमुखलाई बहुमतले पारित २३ बुँदे प्रस्ताव माथिको आवश्यक छलफलको लागी ७ दिन भित्र कार्यपालिको बैठक बोलाउन र बैठकमा उपस्थि हुन समेत आग्रह गरेकी छिन् ।
उनले यस्ता किसिमको आरोपको घोर भत्सर्ना गर्दे श्रावण १ गतेदेखी शान्तिपुर्ण आन्दोलन गर्ने समेत जानकारी दिइन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा