सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौडा । वागमती प्रदेशकी सांसद कल्पना नेपालीले प्रदेश सरकारले ल्याएको बजेट जनतामूखि नभएर मन्त्रीमूखी भएको टिप्पणी गरेकी छन्।
प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसकी नेता समेत रहेकी प्रदेश साँसद नेपालीले विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै बुधबार यस्तो टिप्पणी गरेकी हुन्।
उनले भनेकी छन्, ‘बजेट खहरे बनेर आउँछ, गरिब निमुखाहरुका सपनाहरुलाई सम्बोधन गर्नुको साटो उल्टै बगाएर लान्छ। माननीयहरुका बीचमा हलचल पैदा गर्छ, आफू शान्त रहन्छ। नेपालमा विगतदेखि आजसम्मका हरेक बजेटहरुको नारा उत्पीडित र निमुखाहरुसँग सम्बन्धित रहेपनि सरकारका आपेपासेभन्दा पर कहिल्यै पुग्दैन। रातो बिताब नै आएको हुँदैन। तर, सरकारका आपेपासेहरुले महत्वपूर्ण योजनाहरु सामाजिक सञ्जालमा सार्वजनि गर्नुले मैले भनेका कुराहरुलाई थप बल पुर्याउछन्।
उनले भनिन्, ‘त्यस्तै अर्को तर्फ बजेटका सन्दर्भमा सत्ता पक्षकै सांसदहरु विनियोजित योजनाहरुलाई लिएर पिरोलिरहेको अवस्था छ। प्रपिक्षदलका सांसहरुले रोइलो गर्नुपर्ने कुनै कारण नै रहँदैन। एउटा कुरा के चाँही हो भने सरकारको नेतृत्व गरिरहेको पार्टी आगामी निर्वाचनमा जनताले नग्याउने पक्कै छन्। सरकारका पक्षपाती र नातावादी क्रियाकलापहरुलाई जनताले नजिकबाट हेरिरहेका छन्। बजेट गाउँमुखी हुनुपर्छ। गरिब निमुखा र उत्पीडनको रेखामूनि रहेका नागरिकहरुको जीवन उकास्नका लागि आउँनुपर्ने हो। तर, यहाँ त मन्त्री, शक्तिशाली नेताहरुको जिल्ला केन्द्रित बनेर आउछ।’
उनले अगाडि थपिन्, ‘चिल्लाहरुले ल्याएको चिल्लो बजेटमा राजकीय सत्ताको अनुभवको कुरा किन आयो ? कि सत्ता राजालाई सूम्पिने तयारीमा हो ? कि आफैलाई नयाँ राजाको रुपमा देख्न त थालिएन ? जनताहरु भोक र रोगसँग लडिरहेका बेलामा नेकपा सरकार राजशी भोजमा रमारहेका छन्। जनता झुक्याउन बानी परेको सरकारले सांसदहरुलाई समेत झुक्याउन सुरु गरेको छ। प्रत्यक्ष निर्वाचित सांसदलाई तीन करोड बाढेको सरकारले समानुपातिक सांसदलाई रित्तो हात पठाउने कहाँसम्मको पक्षपात हो ? समान व्यवहार गर्दा सरकारको नेतृत्व गरिरहेकाहरुको घर खेत जान्थ्यो?’
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा