सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल । प्रदेश नम्बर–५ मा सरकारले सलह किरा प्रतिकिलो २० रुपैयाँमा किन्ने बताएको छ ।
सलह किरा जम्मा पार्ने जो–कोहीबाट प्रतिकिलो २० रुपैयाँको दरमा किन्ने निर्णय भएको प्रदेश–५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको हो ।
सलह किरा दिउँसोमा मात्रै हिँड्ने भन्दै रातिमा समात्न सकिने पनि सो मन्त्रालयले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हावा उत्तरतर्फ गइरहेकोले सलह किरा पनि बुटवल हुँदै पाल्पा र गुल्मीसम्म पुग्नसक्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।
सलह किरा हावाको बहावसँगै आएको र अब पश्चिमतर्फ हावा लाग्ने भएकोले दाङ, बाँकेलगायतका जिल्लामा पुग्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।
शनिबार सिन्धुलीदेखि रुपन्देहीसम्म सलह जस्तै किरा देखिएपछि विज्ञहरुले भारतमा देखिएको सलह नेपाल प्रवेश गरेको आशंका गरेका छन् ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा