सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । अब मोबाइलको सिमकार्ड लिन सम्बन्धित ग्राहक आफैं उपस्थित हुनपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सक्कल परिचयपत्र लिएर आफैं उपस्थित भएका व्यक्तिलाई मात्र सिमकार्ड दिन मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । आफैं उपस्थित हुन नसकेको अवस्थामा भने कानुन अनुसारको वारेसनामा वा अख्तियारनामा आवश्यक पर्नेछ ।
सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी ग्राहकले भरेको फारम जाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउने प्रधिकरणले जनाएको छ ।
कुनै एक व्यक्तिको परिचयपत्र अर्को व्यक्तिले पाउँदा अनाधिकृत रुपमा अरु व्यक्तिको मोबाइल नम्बरको पहुँच हुँदा बैंङ्किङ, इमेल, सामाजिक सञ्जाल र अन्य डिजिल सेवा तथा डाटामा पहुँच पुग्ने र खतरा हुने भएकोले यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा