सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । विवादास्पद पृष्ठभूमिका गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे)ले आँखैसामु भ्रष्टाचार हुँदा पनि केही गर्न नसकको भन्दै गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समिति सदस्यबाट राजीनामा दिएका छन् । उनले भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न नसकेको गुनासो गर्दै राजीनामा दिएका हुन् ।
सर्वत्र मौलाएको भ्रष्टाचारले आफूलाई लज्जित बनाएको उनले बताएका छन् । समितिबाट अनुगमनमा जाँदा रंगेहात भ्रष्टाचारी फेला पारेर कारवाही गर्न निर्देशन दिँदा पनि कारवाही नहुँदा आफैंलाई लाज लागेको उनको भनाइ छ । ‘यस्तो समितिमा बस्नुको कुनै अर्थ छैन भनेर राजीनामा दिएको हुँ,’ उनले भनेका छन्, ‘भ्रष्टाचार देख्ने तर कारवाही गर्न नसक्ने समितिको अर्थ छैन ।’
उनले समितिका सभापति दिपक कोइरालालाई राजीनामा बुझाएको बताएका छन् । मनाङे विवादास्पद पृष्ठभूमिमका कारण निकै चर्चामा छन् । उनी विगतमा गुण्डा नाइकेको रुपमा चिनिएका व्यक्ति हुन् । उनले भने त्यस्तो आरोपमा सत्यता नभएको बरु आफू समाजसेवी भएको बताउँदै आएका छन् । उनीमाथि विगतमा अनेकौं फौजदारी अभियोगमा मुद्दा चलेको थियो । प्रदेश सभासद् भइसकेपछि पनि उनले फौजदारी अभियोगमा जेल परेर निस्किएका व्यक्ति हुन् ।
दुई वर्षअघि प्रदेश सांसद निर्वाचित भइसकेका गुरुङ अर्का गुण्डा नाइके मिलन गुरुङको हत्या प्रयास गरेको अभियोगमा जेल परेका थिए । पछि सर्वोच्चको आदेशले उनी छुटेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा