सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आज (आइतबार) बिहानै गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ सय ४ पुगेको छ । आइतबार बिहान बागलुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङको गल्कोट नगरपालिकका ४ पुरुष, ढोरपाटन नपाका १ पुरुष, काठेखोला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकाका १ कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, म्याग्दीको रघुगगा गाउँपालिका २ महिला, मंगला गाउँपालिकाका १ पुरुषमा संक्रमण पुष्टि भएको हो । तनहुँको रिसिङ गाउँपालिकाका १ पुरुष र पर्वतको कुश्मा नगरपालिकाका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले बताएका छन् ।
सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका ११ वटै जिल्लामा कोरोनाको संक्रमण देखिएसँगै प्रदेशका सबै जिल्ला रेड जोनमा परेका छन् । शनिबार साँझ मुस्ताङको छैरो शरणार्थी शिविरमा काठमाडौंबाट पुगेका ८३ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो । उनी तिब्बती शरणार्थी हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा