सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहटमा आज एकै दिन कोविड १९ (कोरोना) का १२५ संक्रमित थपिएका छन । एकै दिन संक्रमण पुष्टी भएको मध्ये यो हाल सम्मकै सर्वाधिक संख्या हो ।
रौतहटको परोहा नगरपालिकामा २०, बौधिमाईमा ११, देवाही गोनाहीमा ८, इशनाथमा ६, मौलापुरमा ३, जनामा संक्रमण पुष्टी भएको हो । आज संक्रमित भएका मध्ये ७७ जनाको ठेगाना रौतहट भए पनि पालिका प्रष्ट नभएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा आज एकै दिन १२५ जनाको कोरोना रिपोर्ट पोजेटिव आएको छ। परोहा २०, देवाही ८, इशनाथ ६, मौलापुर ३ र बौधिमाई मा ११ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये ७७ जनाको ठेगाना खुल्न नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । परोहा नगरपालिकाका ११ र १४ बर्षिय वालक सहित १ देखि १८ बर्ष उमेर समुहका ७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिकाकी ४५ बर्षिय १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४१ देखि ६० बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिकाका १९ देखि ४० बर्ष उमेर समुहका ९ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहट जिल्लाकै दोवाही गोनाही नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका ४ जना र १८ देखि ४० बर्ष उमेर समुहका ६ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाकै मौलापुर नगरपालिकाका १९ देखि ४० बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी इशनाथ नगरपालिकामा १३ महिनाका वालकमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । इशनाथ नगरपालिकामै ८ र १५ बर्षिय वालिका सहित २५ र ३२ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही नगपालिकाका २३ बर्षिय पुरुषहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
बौधिमाई नगरपालिकाका ११ र १२ बर्षिय वालकमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ५१ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ९ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंले जनाएको छ । रौतहट जिल्ला उल्लेख भएपनि ठेगाना खुल्न नसकेको ३५ बर्षका ३ जना महिला र ४ बर्षिय वालिका, १ देखि १८ बर्ष उमेर समुहका १९ जना पुरुष, ४१ देखि ६० बर्षका ३ जना पुरुष र १८ देखि ४० बर्ष उमेर समुहका ३५ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका १२५ सँगै रौतहटमा संक्रमितको कुल सँख्या १ हजार ४६ पुगेको छ । मंगलवार रौतहटमा ५४ संक्रमित थपिएका थिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा