सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय, टीकापुर । सुदूरपश्चिममा सोमबार एकैदिन ६८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समय नेपालमा पनि कोरोनाका संक्रमित थपिने क्रम जारी छ ।
धनगढीस्थित पशुपंक्षी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा गरिएको पछिल्लो २४ घण्टामा गरिएको १८४ जनाको परिक्षणमा ६८ जनाको रिपोर्ट पोजिटिभ आएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । जसमध्ये अछामको मेल्लेख गाउँपालिकाका तीनजना, बैतडीको शिवनाथ गाउँपालिकाका २१ जना, डोटीको आदर्श गाउँपालिकाका दुईजना, पुर्वीचौकी गाउँपालिकाका एकजना, शिखर नगरपालिकाका १७ जना, कैलालीको बर्गगोरिया गाउँपालिकाका एकजना, धनगढी उपमहानगरपालिकाका चारजना, टीकापुर नगरपालिकाका आठजना र कञ्चनपुरको बेलौरी नगरपालिकाका ११ जना रहेका छन् ।
टीकापुरका आठजना सबै भारतबाट आएर सितापुरको जनजागृर्ती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुमध्ये एकजना टीकापुर नगरपालिका वडा नम्बर १ कै २३ वर्षीय पुरुष रहेका छन भने भने अन्य वडा नम्बर ८ का २३, २४, २९, २३, १९, २१, ३७, १८ वर्षीय पुरुषहरु रहेका छन् । उनीहरुमध्ये वडा नम्बर १ का एकजना संक्रमित पुरुष आइतबार क्वारेन्टाइनबाट घर गएका थिए भने वडा नम्बर ८ का सातजना शनिबार नै भागेर घर गएका थिए । यो सम्बन्धमा टीकापुर नगरपालिकाका संयोजक बल बहादुर रावलले स्वइच्छाले घर जान चाहनेलाई क्वारेन्टाइनको दिन पूरा भएपछि रोक्न नसकिने बताए ।
सोमवार सुदूरपश्चिममा भेटिएका संक्रमितपश्चात् यहाँको जम्मा संक्रमितको संख्या २६६ पुगेको छ । हालसम्म २७ जना डिस्चार्ज भइसकेका छन भने २ जनाको मृत्यु भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा