सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा नोबेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितहरु बढिरहेका छन् । गत जेठ २० मा टीकापुरमा एकै परिवारका तीनजनासहित चारजनामा संक्रमण पुष्टि भएको थियो । वडा नम्बर १ स्थित कर्णाली मावीको क्वारेन्टाइनमा रहेका चारजनामा संक्रमण पुष्टि भएपछि सबैको थ्रोट स्वाब संकलन गरेर परिक्षणका लागि धनगढी पठाइएको थियो ।
बुधबार सोही क्वारेन्टाइनमा रहेका थप पाँचजना पुरुषमा संक्रमण पुष्टि भएको छ । वडा नम्बर १ का २६ वर्षीय, २५ वर्षीय र २३ वर्षीय पुरुष र वडा नम्बर ५ का १९ वर्षीय र ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावलले जानकारी दिए । बुधबार थपिएका संक्रमितको थ्रोट स्वाब २१ गते नै परिक्षणका लागि धनगढी पठाइएको थियो । करिब एक हप्तापछी उनीहरुको रिपोर्ट आउने क्रम जारी छ । मंगलबार कर्णाली मावीकै क्वारेन्टाइनमा रहेका १६ जनाको रिपोर्ट आएको थियो । उक्त रिपोर्टमा सबैको नेगेटिभ छ र बुधबार २३ जनाको रिपोर्ट आएकोमा पाँच जनाको पोजेटिभ आएको हो । कैलालीमा बुधबार मात्र १२ जना संक्रमित थपिएका छन ।
यस्तै टीकापुरमा मंगलबार चारजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । वडा नम्बर ३ स्थित हिमालय मावीमा रहेका चारजनामा मंगलबार कोरोना पुष्टि भएको प्रमुख रावलले जानकारी दिए । उनीहरुमध्ये वडा नम्बर १ का एकजना ४० वर्षीय पुरुष, वडा नम्बर ३ का दुइजना २३ र २४ वर्षीय पुरुष र वडा नम्बर ४ का एकजना ३६ वर्षीय पुरुष रहेका छन ।
मंगलबार र बुधबार थपिएका संक्रमितहरुलाई सम्बन्धित विद्यालयकै क्वारेन्टाइनमा राखिएको छ । टीकापुर अस्पतालको आइसोलेसनमा ठाउँ नभएको र नयाँ आइसोलेसन वार्ड सुरु नभईसकेकाले उनीहरुलाई विद्यालयमै राखिएको स्वास्थ्य प्रमुख रावलले बताए ।
हालसम्म टीकापुरमा पुष्टि भएका संक्रमित सबै भारतका विभिन्न सहरबाट आएर क्वारेन्टाइनमा बसेकाहरु नै रहेको रावलको भनाई छ । अहिले टीकापुर नगरपालिकाका १९ वटा विद्यालयमा बनाइएका क्वारेन्टाइनमा एक हजार तीन सय ९ जना रहेका छन् । कर्णाली मावी टीकापुरको क्वारेन्टाइनमा ९९ जना रहेका छन् । उनीहरुमध्ये अझै धेरैको रिपोर्ट आउन बाँकी छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा