सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विश्वभर अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ ।
गत अप्रिलदेखि अमेरिका र क्यानडामा सुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताको टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले यो सेवा विश्वव्यापी गरेको हो ।
नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर संग्रह गर्न सकिने भएको छ । फेसबुकबाट गुगलमा फोटो सार्न केही प्रक्रिया अपनाउनुपर्ने कम्पनीले जनाएको छ ।
गुगलमा फोटो सार्नका लागि फेसबुकको ‘योर फेसबुक इन्फर्मेसन’मा जानु पर्नेछ । त्यसका लागि सेटिङमा जानु पर्छ । त्यसपछि ‘ट्रान्सफर ए कपी अफ योर फोटोज अर भिडियो’मा जानुपर्ने हुन्छ ।
त्यहाँ क्लिक गरेपछि फेसबुकमा रहेको फोटो गुगल फोटोमा गएर संग्रह हुने फेसबुकका अधिकारीहरुको भनाइ छ । फोटो सार्ने सेवा सुरु गर्न पासवर्ड पनि माग्ने गरी मिलाइएको छ । आफ्नो फेसबुक र गुगल ‘अकाउन्ट’लाई लिंक गरिसकेपछि प्रयोगकर्ताले आफ्नो फेसबुकको फोटोहरू ‘गुगल फोटोज’मा सार्न सक्नेछन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा