सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर । कैलालीको टीकापुर अस्पतालमा रहेका संक्रमितमध्ये एकैसाथ पाँच जना संक्रमित शुक्रबार डिस्चार्ज भएका छन् ।
जानकी गाउँपालिका वडा नम्बर ७ का ९ गते गाउँपालिकामा पहिलोपटक संक्रमण पुष्टि भएका दुईजना संक्रमित १९ वर्षीय दिलिप श्रेष्ठ, २३ वर्षीय जीवन चौधरी श्रेष्ठ, , १२ गते पुष्टि संक्रमण पुष्टि भएका वडा नम्बर ३ का ३८ वर्षीय लोकमान भण्डारी र १३ गते पुष्टि भएका वडा नम्बर ४ का २५ वर्षीय रामा चौधरी र ३० वर्षीय नाथुराम रावत निको भएर घर फर्किएका छन् ।
उनीहरु मध्ये दुईजना पन्ध्रौं दिनमा, दुईजना एघारौं दिनमा र एकजना बार्हौं दिनमा डिस्चार्ज भएका हुन । उनीहरुलाई टीकापुर अस्पताल व्यवस्थापन समिती अध्यक्ष दीपक रावल, मेसु जितेन्द्र कँडेल लगायतले स्वास्थ लाभको काम गर्दै अस्पतालबाट डिस्चार्ज गरेका हुन ।
मेसु कँडेलका अनुसार डिस्चार्ज भएका पाँचै जनामा आइसोलेसनमा हुदा कुनै लक्षण वा समस्या नदेखिएको बताउदै उनीहरुको संक्रमण पुष्टि भएपछि दुईपटक टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । १७ र २१ गते उनीहरुको स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
डिस्चार्ज भएकामध्ये दिलिप श्रेष्ठले कोरोना पोजेटिभ आएपछि पनि आफू नडराई बसेका कारण कोरोना जित्न सफल भएको बताए । उनले अस्पतालको आइसोलेसनमा स्वास्थ्यकर्मी लगायतको माया, स्नेह र राम्रो व्यवहारका कारण कोरोना जितेकोमा खुशी भएको बताउदै आइसोलेसनमा रहदा आफुमा कुनै सम्स्स्या नदेखिएको बताए । त्यस्तै लोकमान भण्डारीले नडराई आत्मविश्वास राखे कोरोनाले केही गर्न नसक्ने भन्दै कोरोनाबाट बच्न सामाजिक दुरि कायम राख्नुपर्ने बताए । उनीहरुलाई अस्पतालले गाउँपालिकासम्म आफ्नो एम्बुलेन्समा पठाएको हो भने गाउँपालिकाले सबैलाई आआफ्नो घरसम्म पुर्याएको छ ।
डिस्चार्ज भएकाहरु दुईजना देशभित्रैबाट गाउँपालिका आएका थिए भने तीनजना भारतका विभिन्न ठाउँबाट आएका थिए । उनीहरु दुर्गौलीस्थित सरस्वती माविको क्वारेन्टाइनमा रहेको अवस्थामा कोरोना पुष्टि भएको थियो ।
अब अस्पतालको आइसोलेसनमा छ जना संक्रमित रहेका छन । शुक्रबार थप एकजना जानकी गाउँपालिका ७ का १६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । मेसु कँडेलका अनुसार संक्रमित सबैको अवस्था सामान्य रहेका छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा