सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी । सुदूरपश्चिममा थप ८ जना कोरोना संक्रमित थपिएका छन्। धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको हो।
बुधबार दिउँसो ५ जना र साँझ थप ३ जनामा पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८१ पुगेको छ।
धनगढीमा गरिएको परीक्षणमा डोटीका थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार पूर्वीचौकी गाउँपालिका ४ की ४५ वर्षीय महिला, २७ वर्षीय पुरुष र वडा नम्बर ७ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। बुधबार दिउँसो पूर्वीचौकी गाउँपालिका ४ का २२ वर्षीय र पूर्वीचौकी गाउँपालिका ७ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो भने धनगढी उप–महानगरपालिका ५ का ५१ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।
हाल सबै संक्रमितलाई स्वास्थ्यकर्मिहरुको प्रत्यक्ष निगरानीमा उपचार भईरहेको श्रेष्ठले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा