सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले बुधबार (आज) देखि सबै पसल सञ्चालन गर्ने निर्णय गरेको छ । लामो लकडाउनका कारण व्यापार, व्यवसाय सञ्चालन नहुँदा बैंक कर्जाको साँवाब्याज किस्ता तिर्न पनि समस्या भएको भन्दै सबै पसलहरु सञ्चालन गर्ने निर्णय गरिएको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए ।
सरकारले २५ गतेभित्र कर तिर्न उर्दी जारी गरे पनि व्यापार–व्यवसाय सञ्चालन नगरी कर तिर्न नसक्ने भएकाले बुधबारदेखि पसल सञ्चालनको निर्णय गरेको उनले जानकारी दिए ।
संघले आवश्यक सावधानी अपनाउँदै पसल सञ्चालन गर्ने निर्णय गरेको छ । संघले विज्ञप्तिमार्फत सरकारले व्यवसायीको पीडालाई बुझ्न नसकेको र आगामी आर्थिक वर्षको बजेटमा समेत राहतको प्याकेज नदिएकाले बाध्यात्मक परिस्थितिलाई मध्यनजर गरेर पसल खोल्ने निर्णय गरेको उल्लेख छ ।
‘राज्यले पनि सहयोग नगर्दा निजी क्षेत्र विकल्पविहीन बनेको छ, अब लकडाउन थेग्न सक्ने अवस्था छैन,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा सावधानी अपनाउँदै पूर्णरुपमा पसलहरु सञ्चालनमा ल्याउँछौं ।’
संघले जारी गरेको विज्ञप्तिमा बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण पसलहरु सञ्चालन गर्ने उल्लेख छ । यस्तै फलफूल, तरकारी, डेरी, ग्यास पसलहरु बिहान पाँच बजेदेखि नौ बजेसम्म र साँझ पाँच बजेदेखि आठ बजेसम्म खोल्ने विज्ञप्तिमा उल्लेख छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा