सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार एकैपटक २९ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
२९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९–९ जना रहेको मन्त्रालयद्वारा विज्ञप्तीमा उल्लेख छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडानम्बर ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना रहेका छन् ।
सल्यानको दार्मा गाउँपालिका–१ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर २ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर ३ का ३५ र ३९ वर्षका पुरुष, वडानम्बर ४ का ३८, ४० र ५० वर्षका ४ जना पुरुष रहेका छन् ।
यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ । नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा