सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । आज बिहान कीर्तिपुर–४, चम्पादेवी क्षेत्रमा आएको चितुवा नियन्त्रणमा लिईएको छ । स्थानीय हमाल तामाङको कुखुरा फार्ममा कुखुरा दिनदिनै घट्न थालेपछि चितुवाले खाने गरेको आशंकामा थापिएको पासो पारेर उक्त चितुवा समातिएको हो ।
चिडिया खानाका विज्ञ राधाकृष्ण घर्तीको टोलीले तीनवटा लठ्ठिने सुई हानेपछि करिब आधा घन्टा पछि चितुवालाई पाँसोबाट निकालिएको थियो ।
घर्तीका अनुसार करिब ५, ६ वर्षको भाले चितुवा अन्दाजी ५० केजी तौलको थियो । दिउँसो ११ बजे चितुवालाई टोलीले जावलाखेलको सदर चिडियाखाना लगिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा