सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । भारतले नेपाली भूभागमा पर्ने लिपुलेक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको मानसरोवर जाने बाटो उद्घाटन गरेको छ ।
नेपाली पक्षसँग कुनै सल्लाह नगरी मानसरोवर जाने ७८ किलोमिटर लामो सडक मार्ग शु क्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् ।
भारतले केही महिना लगाएर यति लामो सडक निर्माण गरिसक्दा पनि उक्त नेपाललाई भने कुनै पनि पत्तो छैन ।
सन् १८१६ को सुगौली सन्धिअनुसार काली (महाकाली) नदीपूर्वका सम्पूर्ण भूभाग नेपालको हो । सर्वे अफ इन्डियाले नेपाली भूभागसमेत भारततर्फ पर्नेगरी नोभेम्बर २०१९ यता दुईवटा राजनीतिक नक्सा प्रकाशन गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो ।
तस्विरहरु : रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा