सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस आज विश्वको २०० बढि देशमा पुगीसकेको छ । कोरोना भाइरसको कारण अमेरिका जस्तो शक्तिशाली देश पनि तनावमा छ । विश्व भरमा कुल २४९ देश छ, जसमा २०५ देश कोरोना भाइरसबाट प्रभावित छ । साधारणतय १९५ देशको मात्र गन्ति हुने गर्दछ, तर संयुक्त राष्ट्रको सदस्य (१९३), ताइवान र भ्याटिकन सिटी (२), आश्रित प्रदेश (४५), आंशिक मान्यता प्राप्त राज्य (२), अनइनह्याबिटेन्ट प्रदेश (६) र अन्ट्राटिका सहित २४९ देश छ । विश्वको २४९ देश मध्ये १४ देशमा अहिलेसम्म कोरोना भाइरस पुगेको छैन ।
आउर्नुहोस् जान्नुहोस् कोरोना भाइरस नपुगेको भाग्यशाली देशको बारेमा :
नाउरु
नाउरुको नाउरु गण्राज्य पनि भनिन्छ । म्याक्रोनेशियाली दक्षिण प्रशांत महासागरमा रहको एक द्धीप राष्ट्र हो । नाउरु को राजधानि यारेन हो । यो देशमा कुल १४ जिल्ला छ । नाउरुको हवाई अड्डा यारेम जिल्ला छ । यो देशको कुल जनसंख्या २००७ को जनगणना अनुसार १३,५२८ रहेको छ ।
तुवालु
तुवालु दक्षिण प्रशांतको एउटा द्धीप राष्ट्र हो । यसको राजधानी फनाफुटी हाृ । सन २०१७ को जनगणना अनुसार, यसको जनसंख्या ११,१९२ थियो ।
पलाउ
पलाउ ५०० भन्दा बढि द्धीपको एउटा द्धीप समुह हो, जुन पश्चिम प्रशांत महासागरमा माइक्रोनेशिया क्षेत्रको भाग हो । यसको राजधानि नर्गुलमुद, मेलेकेक हो । २०१७ को जनगणना अनुसार यहाँको जनसंख्या २१,७२९ छ ।
सेन्ट किट्स एण्ड नेविस
सेन्ट किट्स एण्ड नेविस एउटा दोहोरो द्धीप भएको देश हो । जो अटलान्टिक महासागर र क्यारेबियन सागरको बिचमा रहेको छ ।
मार्शल द्धीप समुह
मार्शल द्धीप समुह गणराज्य प्रशांत महासागरको मध्य एक माइक्रोनेशियाली राष्ट्र हो । यसको जनसंख्या ५३,१२७ छ ।
टोंगा
यो देशको जनसंख्या १.०८ लाख छ । टोंगा १७० भन्दा धेरै दक्षिण प्रान्त द्धीपको राज्य हो । यसको राजधानि नुकु आलोफा हो ।
माइक्रोनेशिया
माइक्रोनेशिया ओशिआनियाको एउटा उपक्षेत्र हो जसमा प्रशान्त महासागरेका पश्चिमी भागमा रहेको हजारौ सानो सानो द्धीप पर्दछ । यो चार राज्य याप, चूक, पोहन्पेइ र कोस्राए मिलेर बनेको छ ।
किरिबाती
किरिबाती को जनसंख्या १,१,४४९ छ । किरिबाती मध्य उष्णकतिबंधीय प्रशांत महासागरमा रहेको एक द्धीप देश हो ।
समोआ
समोआमा अहिलेसम्म कोरोनाको पुष्टि भएको छैन । यहाँ हाल आपतकाल घोषित गरीएको छ । समोआ राज्यको पहिलो पश्चिमी समोआ र जर्मन समोआको रुपमा चिनिन्छ, जुन दक्षिण प्रशांत महासागरको समोआई द्धीपको पश्चिम भागमा एक शासित देश हो । यो न्यूजिल्याण्डसँग १९६२ मा स्वतन्त्र भएको थियो ।
साओ टोमे र प्रिन्सिपे
साओ टोमे र प्रिन्सिपे, एक अफ्रिकी द्धीप देश हो जुन भूमध्य रेखाको करिब अवस्थित छ । यसको जनसंख्या २.०४ लाख छ ।
भानुआटु
भानुआटु एक दक्षिण प्रशंत महासागर राष्ट्र हो । जुन लगभग ८० द्धीपबाट बनेको छ । यो १,३०० किलोमिटर सम्म फैलिएको छ । यसको राजधानी हार्बरसाइड पोर्ट वेल हो । यसको जनसंख्या २.७६ लाख छ ।
सोलोमन आइल्याण्ड
यहाँको जनसंख्या ६.११ लख छ । सोलोमन द्धीप, दक्षिण प्रशांतमा रहेको सैयौ द्धीप मध्येको एक हो ।
कोमोरोस
कोमोरोस अफ्रिकाको पुर्वि किनारामा रहेको द्धीप समुह हो । यसको राजधानि मोरोनी हो । यहाँको जनसंख्या ८.१४ लाख छ ।
लिसोटो
यो राष्ट्रको जनसंख्या २.०४ लाख छ । लेसोथो, दक्षिण अफ्रिका को अधिनमा रहेको छ । यसको राजधानि मसेरु हो । यसको जनसंख्या २२.३ लाख रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा