सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागी डाक्टर तथा स्टाफ नर्सको लागि आवेदन माग गरेको छ । मन्त्रालयले एक सुचना जारी गरी ७/७ जना जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्ट तथा २० जना मेडिकल अधिकृत र सय जना स्टाफ नर्सको लागि आवेदन मागेको हो ।
जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्टको लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस गरेको हुनुपर्नेछ । यस्तै स्टाफ नर्सले मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
इच्छुक ब्यक्तिले ७ दिनभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा [email protected] मा दरखास्त दिन सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा