सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । चीन सरकारले तीन अमेरिकी मिडियाका पत्रकारहरुलाई देश निकाला गर्ने घोषणा गरेको छ । चीनले अमेरिकी ति मिडियाका पत्रकारहरुलाई दिएको अनुमतिपत्र फिर्ता गरेर १० दिनभित्र देश छोड्न निर्देशन समेत दिएको छ।
अमेरिका–चीनबीच कोरोना भाइरसको संक्रमणका विषयमा विवाद बढेपछि मंगलबार चीनले अमेरिकी मिडिया न्युयोर्क टाइम्स, वाशिङ्टन पोस्ट र वाल स्ट्रिट जर्नलका पत्रकारलाई सन् २०२० को अन्तिमसम्म प्रेस अनुमतिको म्याद हुनेहरुले १० दिनभित्र आफ्नो अनुमतिपत्र फिर्ता गर्न निर्देशन जारी गरेको हो ।
ती पत्रकारहरुलाई सन् २०२० सम्म बस्ने अनुमतिपत्र दिइएको थियो । हङकङ र मकाउ सहित चीनको मुख्यभूमिबाट अमेरिकी पत्रकारलाई हटाउने चीनले निर्णय गरेको छ ।
रिर्साको चिनले लगाएको यो किसिमको निर्णयबाट धेरै पत्रकार प्रभावित हुनेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा