सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्राय मानिसहरुले आफनो मोटोपनका कारण कैयौ समस्याहरुको सामना गर्नु परिरहेको हुन्छ । ब्रिटेनमा बस्ने जेन एट्किन पनि ति मध्ये कि एक थिइन, जसलाई मोटोपनको कारण उनकि हुनेवाला दुलहाले पनि छोडेका थिए । तर जेन यसबाट हार मानिनन् र त्यही उत्प्रेरणाको कारण आज मिस ग्रेट ब्रिटेन २०२० बनेकि छिन् ।
मिडिया रिपोर्ट अनुसार, दुई बर्ष पहिला जेनको तौल १०९ किलो थियो, तर हुने वाला दुलहाले छोडेपछि उनले जिम जान शुरु गरीन र धेरै मेहनत गरीन । साथै उनले आफनो डाइटलाई पनि कंट्रोल गरिन । दुई बर्षमा नै उनले करिब ४६ किलो वजन घटाइन । दुलहाको अलावा जेनलाई तौल घटाउन सहयोग गर्यो उनलाई मन परेको लुगा, जुन प्राय उनलाई फिट हुन्थेन ।
२६ बर्षिय जेनले वजन घटाए पछि मिस ग्रेट ब्रिटेन २०२० प्रतियोगीतामा भाग लिइन र उपाधि आफनो नाममा गरिन् । उनी आफुले उपाधि हात पारि सक्दा समेत विश्वास नलागेको बताउँछिन् । यद्यपी, यो भन्दा पहिला जेन पहिला २०१७ मा प्रतियोगीतको सेमिफाइनलमा पुगीसकेकी थिइन, जबकि २०१८ मा रनरअफ बनेकि थिइन ।
जेन लिनकोलनशायरको अलकेबी शहरमा बस्छिन् । उनी हप्तामा पाँच दिन जिम जाने गरेको बताउछिन । उनी जिमलाई जिवनको प्रमुख भाग बताउछिन र मन लागेको खानेकुरा खुब खान्छिन तर यसको साथै उनी त्यो कुराको पनि ध्यान राख्छिन कि उनी कुन चिज धेरै खान्छिन र पछि त्यसलाई कन्ट्रोल पनि गर्छिन ।
जेन सोशल मिडियाको पनि भरपुर प्रयोग गर्छिन । इंस्टाग्राममा उनको ५ हजार भन्दा बढि फलोअर्सहरु छन् । उनले त्यहाँ पनि आफना विविध गतिविधिका फोटोहरु हालेकी छिन जसले उनको जिन्दगीको बदलावसँग जोडिएको छ । जेनिफरले यो कुरालाई सावित गरेकि छिन कि यदि कुनै गर्ने दृढ विश्वास र मेहनत भएमा कुनै पनि काम असम्भव भने छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा