सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाल धितोपत्र बोर्डले विभिन्न पदका लागी कर्मचारीको माग गरेको छ । बोर्डले एक सुचना प्रकाशित गरी खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति लागी निर्देशकदेखी सहायकसम्मको लागी दरखास्त आहवान गरेको हो ।
दरखास्त फाराम बोर्डको कार्यालयको प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । हालै खिचिएको पासपोर्ट साईजको फोटो टाँस गरी दरखास्त साथ आफुले प्राप्त गरेको शैक्षिक योग्यता, तालिम, अनुभव र नेपाली नागरिकताको प्रमाणपत्रहरुको प्रतिलिपि एक एक प्रति तयार गरी उम्मेदवार आफैंले प्रमाणित गरी बोर्डको कार्यालय जावलाखेलमा बुझाउनु पर्नेछ ।
सरकारी, गैरसरकारी वा अन्य कनै पनि संगठित संस्थामा कार्यरत उम्मेदवारले दरखास्त साथ सम्बन्धित संस्थाको स्वीकति समेत अनिवार्य रुपमा पेश गर्नपर्नेछ ।
लिखित परीक्षा लोक सेवा आयोगले लिनेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा