सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साधारणतय जब कुनै पनि होटलको निर्माण हुन्छ, त्यसलाई यसरी बलियो रुपमा बनाइन्छ किख जुन बर्षो बर्षसम्म त्यस्तै रहिरहोस् । तर विश्वमा एउटा यस्तो होटल पनि छ, जसलाई हरेक बर्ष बनाइन्छ र त्यसलाई नदीले बगाएर लैजान्छ । तपाई यो जानेर अचम्ममा पर्नु भएको होला तर यो अनौठो होटल स्वीडेनमा छ । यसलाई आइस होटलको नामबाट चिनिन्छ ।
स्वीडेनको यो आइस होटललाई हरेक बर्ष जाडो मौसममा बनाइन्छ, तर पाँच महिना पछि यो पग्लन्छ र नदीको पानीमा मिसिन्छ । यो अनौठो होटललाई बनाउने परम्परा १९८९ देखी चल्दै आइरहेको छ । यो ३१ औ बर्ष हो, जब यो बनाउन शुरु गरीयो ।
यो अनौठो होटल टार्न नदिको किनारामा बनेको छ । यसलाई बनाउनको लागी नदिबाट करिब २५०० टन बरफ निकालीन्छ र फेरी अक्टोबर महिनादेखी यसलाई बनाउन शुरु गरीन्छ । यसलाई बनाउनको लागी विश्वभरबाट कलाकारहरु आउने गर्दछन्, जसले आफनो कलाकारीता देखाउछन् ।
हरेक बर्ष होटलमा पर्यटकहरुको लागी कैयौ कोठाहरु बनाइन्छ । यो पटक यहाँ ३५ वटा कोठा बनाइएको छ । कोठा भित्रको तापक्रम करीब माइनस ५ डिग्रि सेल्सियस रहन्छ । यो होटलमा बस्न मात्र हरेक बर्ष करिब ५० हजार पर्यटकहरु आउने गर्दछन् ।
बाहिर र भित्र दुबै तिर बाट राम्रो देखिने यो होटल मे महिनासम्म चल्छ । त्यसपछि यहाँ बरफ पग्लन शुरु हुन्छ र त्यसपछि होटललाई बन्द गरिन्छ । यो होटलमा एक रात बसेको भाडा २८ हजार रुपैयादेखी लिएर १ लाख ५० हजार सम्म पर्दछ ।
यो इको फ्रेन्डली होटल हो, यानी पर्यावरण अनुकुल । यहाँ केबल सौर्य उर्जाबाट चल्ने उपकरण मात्र लगाइएको छ । यो होटलको विशेषता भनेको यसमा एउटा आइस बार पनि छ । यती मात्र होइन, यहाँ पर्यटकहरुलाई पिउनको लागी बरफ बाट नै गिलास पनि बनाइएको छ । होटलको भित्र यस्तो साउण्ड इफेक्ट राखिएको छ कि जुसले तपाईलाई जंगलमा बसेको अनुभव गराउनेछ । यहाँ बच्चाहरुको लागी पनि क्रियटिभ जोन पनि बनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा