सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इंडोनेशियामा बस्ने आर्या परमानले मात्र ४ बर्षमा आफनो वजन ११० किलोग्राम घटाएका छन् । उनी विश्वकै सबैभन्दा मोटो बच्चा हुन् । सन २०१६ मा आर्याको वजन १९३ किलो थियो । तब उनी मात्र १० बर्षका थिए । अब उनको वजन घटेर ८३ किलो भएको छ । आर्याको तस्विर सोशल मिडियामा भाइरल भईरहेको छ, जसलाई उनका ट्रेनर अदे रायले आइतवार इंस्टाग्राममा शेयर गरेका थिए ।
मिडिया रिपोर्ट अनुसार, आर्याले आफनो वजन घटाउन धेरै नै मेहनत गरेको उनका पिताले बताएका छन् । उनी आफनो डाइटमा विशेष ध्यान दिन्छन् र नियमित रुपमा ब्यायाम पनि गर्दछन् । यसको अलावा उनको एउटा ब्यारिएट्रिक शल्यक्रिया पनि भईसकेको छ । यद्यपी, उनको अझ २ वटा शल्यक्रिया हुन वाँकि छ ।
आर्याका माता–पिताका अनुसार जन्मदा उनको वजन साढे तिन किलोको थियो । शुरुवातमा उनको स्वास्थ्य सबै ठिक थियो जब उनी ८ बर्षका भए उनको भोख अचानक बढ्न थाल्यो र धेरै धेरै खाना खान थाले । यसकै असरले उनी १० बर्षको पुग्दा नपुग्दै १९३ किलो सम्म पुगे । यसपछि उनी विश्वकै सबैभन्दा मोटो बच्चाको रुपमा समावेश भए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा