सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । माघ १ र २ गते सार्वजनिक बिदा हुने भएको छ । माघेसक्रान्तिको अवसरमा प्रदेश ५ सरकारले २ दिन विदा दिने भएको हो । गत बर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन विदा दिएको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउदै प्रवक्ता बैजनाथ चौधरीले २९ पुसमा मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने र २ दिन सार्वजनिक विदा दिइएको जानकारी गराए ।
त्यस्तै मन्त्रिपरिषद्को बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको छ ।
बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । बैठकले एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरेको हो ।
त्यस्तै बैठकले रुपन्देहीका इन्द्रप्रसाद पछार्ईलाई प्रदेश बन निर्देशनालयको निमित्त निर्देशकमा खटाएको छ । त्यसैगरी बैठकले प्रदेश पदक निमावली स्वीकृत, प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण अवधारणा पत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा