सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । २०२० सुरु हुनु अघिदेखि पर्यटनहरु धमाधम नेपाल आउने क्रम जारी रहेको छ । यसैक्रममा, नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागीता जनाउन भारतीय पर्यटनमन्त्री प्रहृलाद सिंह पटेल काठमाडौं पुगेका छन् ।
भारतीय पर्यटनमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वागत गरेका छन् ।
नेपाल भ्रमण वर्ष २०२०को औपचारिक उद्घाटन बुधबार दशरथ रंगशालामा हुँदैछ ।
दशरथ रंगशालामा हुने उद्घाटन समारोहमा सहभागी हुन चीन, जमैका र म्यानमारका पर्यटनमन्त्री पनि नेपालको राजधानी काठमाडौं आइपुगेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा