सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हालै इन्टरनेटको एउटा ताजा रिपोर्टमा भनिएको छ कि करीब ११ लाख बच्चा ईन्टरनेट सर्चमा यही सिकिरहेका छन कि सेन्ट निक एक काल्पनिक चरित्र हुन् । खोजको दौरान जुन पहिला लेख आगाडि आउँछ त्यसमा भनिएको छ एक वयस्क को रुपमा हामि जान्दछौ कि सान्टा क्लाउज वास्तवीक होइनन् ।
गुगलमा के सान्टा रियल मै छ ? सर्च गर्दा क्वार्ट्ज को तर्फवाट पहिलो आलेख अगाडि आउँछ जसले अभिभावकलाई यो सल्लाह दिने गर्दछ कि सवालको कसरी जवाफ दिउँ ? डेलीमेड डटसिओ यूकेको रिपोर्टमा बुधबार यो जानकारी दिइएको छ ।
यो आलेखको पहिलो वाक्य हो एक वयस्कको रुपमा हामी जान्दछौ कि सान्टा क्लाउज वास्तवमै थिएनन् ।
राइज एट सेवन मा टेक्निकल सर्च इन्जिन अप्टिमाइजेशन डाइरेक्टर स्टेफन केनराइटले भनेका छन कि डोमेन र कन्टेन्टको विश्वसनीयताको आधारमा गुगल क्वार्ट्ज को आलेखलाई पहिलो स्थानमा राखेको छ ।
सर्च डाटा अनुसार, प्रतिबर्ष औसत १,८६,९०० मानिसहरुले ‘सान्टाको उमेर कति छ’ र १,८२,३०० मानिसहरुले ‘नर्थ पोल कहाँ पर्दछ’ भनेर सर्च गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा