सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले अस्पताल परिसरबाट नियन्त्रणमा लिएको छ ।
विराटनगरस्थित विराट नर्सिङ होमको आइसियूमा भर्ना भएको अवस्थामा नै उनलाई आज(सोमबार) बिहान प्रहरीले नियन्त्रणमा लिए्रको हो ।
बलात्कारको आरोपमा पक्राउ पूर्जी जारी भएपछी स्वास्थ्यमा समस्या देखाई अस्पताल भर्ना भएका उनलाई हिजो दिउँसो ह्दयघात भएको भन्दै आइसियूमा सारिएको थियो ।
यद्दपी उनको स्वास्थ्य सामान्य रहेको प्रहरीको भनाई छ । सुनसरीको चतरास्थित आश्रमका सिद्धबाबामाथि एक महिलाले बलात्कारको आरोपमा उजुरी दिएपछी उनी बिरुद्ध सुनसरी जिल्ला अदालतले पक्राउ जारी गरेको थियो । उनलाई आज नै जिल्ला अदालत लगी म्याद थप गरिने जनाईएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा