सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेका ‘डन’ का रुपमा चिनिएका व्यक्तिहरु अझै राजनितिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् ।
राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरु प्रहरीको इन्काउन्टर अपरेसनपछि केही कमजोर देखिए पनि राजनीतिक संरक्षणबाट भने अलग्गिएका छैनन् ।
सोही आडमा उनीहरुले आफूलाई डनका रुपमा सुरक्षित अवतरण भने गराउँदै आएका छन् । केही डन त राजनितिक शक्तिका आडमै बढुवा भएर नेता हुँदै संसद सम्म बनिसकेका छन् । केहीले भने डनबाट पलायन भएर आफ्नै व्यवसाय सञ्चालनसमेत गर्दै आइरहेका छन् ।
नेपाल प्रहरीका प्रकक्तासमेत रहेका डिआइज विश्वराज पोखरेल भने डनहरु अन्यत्र पलायन हुनु वर्तमान सरकार, गृह नेतृत्व र प्रहरीको सफलता भएको बताउँछन् । आजको राजधानी दैनिकमा लेखिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा