सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हिमालय एयरलाइन्स, नेपाल–चीन संयुक्त अन्तर्राष्ट्रिय वायुसेवा उद्यम काठमाडौंबाट चाङ्सामा उडान भर्ने अर्को सेवा उपलब्ध गराउने भएको छ ।
हुनान प्रान्तको राजधानी चाङ्सामा एयरलाइन्सले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी नयाँ बजार अन्वेषण गर्दै यस प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकहरुको प्रवर्धन गर्ने र पहिचान बढाउने उद्देश्य लिएको छ ।
नयाँ सेवाका साथ नेपालीहरु सहज, किफायती र सिधा सम्पर्कबाट चीनको नयाँ गन्तव्यस्थल पुग्न सक्ने जनाएको छ । हिमालयले गुइयाङको ठीक पछि काठमाडौं र चाङ्सा बीचको नयाँ उडान रुट सार्वजनिक गरेको छ ।
हिमालय एअरलाइन्सको विमानले हरेक बुधबार काठमाडौंबाट चाङ्साका लागि उडान भर्नेछ र सोहि दिन फर्केने कार्यक्रम तय गरेको छ । यो एअरलाइन्स यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एअरलाइन्स हो ।
हिमालय एअरलाइन्सले हिजो उद्घाटन उडान गरेका छन् । उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय ११ः०३ मा चाङ्साका लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १७ः१९ मा अवतरण गरेको छ ।
आवागमन उडान चाङ्साको हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः२८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय २१ः२३ मा अवतरण गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा