सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल । दाङ प्रदेश ५ को राजधानी हुन सक्ने सम्भावना छ । प्रेस सङ्गठन दाङले बुधबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ५ को राजधानी दाङ हुनसक्ने सम्भावना रहेको बताए ।
सम्मेलनमा अध्यक्ष दाहालले भने, ‘राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकोे छ । यही कुरालाई मध्यनजर गर्दै प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने ठहर गर्दै दाङलाई नै प्रदेश ५ को राजधानी बना पहल गर्ने तयारीमा छौँ ।’
दाङको पूर्वाधार निर्माणमा पनि वृद्धि भएको बताउँदै अध्यक्ष दाहालले मुलुकका हरेक आन्दोलनमा दाङले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाए । उनले भने, यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको केन्द्र निर्माणमा पनि दाङ जिल्ला एउटा महत्त्वपूर्ण जिल्लाको रुपमा उभिएर आउने जनाए ।
अध्यक्ष दाहालले मुलुकका तीन वटै सरकारले विकास र समृद्धिको यात्रालाई अगाडि बढाइरहेको भन्दै प्रदेशको राजधानी टुङ्गो लागिसकेपछि विकास प्रक्रियाले अझ बढी गति लिने दाबी गरे । ‘दाङ जिल्लाले खेल्ने भूमिका प्रदेशस्तरमा मात्र होइन, राष्ट्रिय स्तरमा पनि महत्त्वपूर्ण भएर आउँछ भन्ने विश्वास छ र हाम्रो तर्फबाट त्यो कोसिस भइनैराखेको छ’, उनले भने, ‘सरकारका कार्यक्रम गाउँगाउँसम्म लैजानतर्फ सबै लाग्नुपर्दछ । दाङ पुग्दा आफूलाई न्यायो अनुभूति हुने गरेको भन्दै उनले विकासमा दाङले फड्को मारेकोमा प्रसन्नता भएको जनाए ।
यसैक्रममा, अध्यक्ष दाहालले सरकारको ध्यान उपनिर्वाचनतिर गएको बताए । उनले चुनाव सफल बनाउन सबै लाग्नुपर्छ भन्दै भने, ‘उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ’, अध्यक्ष प्रचण्डले भने, ‘सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा