सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाँके । स्थानीय आवश्यकतालाई मध्यनजर गरेर योजना बनाएमात्र दीर्घकालीन प्रभाव पार्ने भएको छ । खजुरा गाउँपालिकाको बृहद खजुरा सम्मेलनलाई बुधबार सम्बोधन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनताको भावना नबुझेर योजना बनाइए जनता एकातिर योजना अर्कोतिर हुने बताए ।
मुख्यमन्त्री पोखरेलले हरेक ठाउँको विशेषता र पहिचान फरक हुने भएकोले सम्बन्धित ठाउँको पहिचान बनाउन त्यस ठाउँको विशेषता चिन्न सक्नुपर्ने जनाएका छन् ।
उनले खजुराको फरक पहिचान र विशेषता के भन्ने सम्मेलनले खोज्नुपर्ने बताए । उनले भने, ुखजुरालाई चिनाउन यसको विशेषता पहिचान गर्न अनिवार्य छ,’। सम्बन्धित ठाउँको विकास त्यस ठाउँका जनताले मात्र गर्न सक्ने धारणा राख्दै मुख्यमन्त्री पोख्रेलले विकासमा सक्रिय भूमिका निभाउन समेत सुझाव दिए ।
मुख्यमन्त्री पोखरेलले भने, ुराज्यले बाटो देखाउने र योजना सम्पन्न गर्न बजेट विनियोजन गरिदिने हो । योजना कार्यान्वयन र सफल बनाउने दायित्व स्थानीयको हो ।’
सम्मेलनमा मुख्यमन्त्री पोखरेलले दीर्घकालीन प्रभाव पार्ने विकासका योजना बनाउन सुझाव पनि दिए । उद्यमले मात्र समाज र व्यक्ति अगाडि बढ्न सक्ने जिकिर गर्दै उनले शिक्षा, उद्योग, कृषि जस्ता योजना बनाउँदा त्यसको क्षेत्र र स्थानीयको मागलाई मध्यनजर गर्न आग्रह गरे ।
मुख्यमन्त्री पोखरेलले भने, ु५० वर्ष पछिसम्म प्रभाव पार्नेगरि योजना बनाउँदा दीर्घकालीन हुन्छ र लगानीले प्रतिफल पाउन सक्छ,’ । सम्मेलनमा प्रतिनिधिसभा सदस्य नन्दलाल रोकाय, प्रदेश(५ का सभा सदस्य बाबुराम गौतम, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा लगायतले सम्मेलन सफलताको शुभकामना दिए । सो सम्मेलन बिहीबार सम्म चल्ने खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले जनाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा