सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टिम इंडियाका पुर्व कप्तान सौरव गांगुली आजदेखी आधिकारीक रुपमा बीसीसीआईका ३९ औ अध्यक्ष चुनिएका छन् । मुंबईमा रहेको बोर्डको हेडक्वाटरमा बुधबार विहान सवा ११ बजेको आसपास दादाको नामबाट परिचित गांगुलीलाई बोर्डको कमाण्ड सुम्पिएको हो । भारतीय क्रिकेट कंट्रोल बोर्डको बार्षिक बैठकमा यही दौरान जय शाह र सीओए प्रमुख विनोद राय सहित सबै पदाधिकारीहरु उपस्थित थिए ।
It's official – @SGanguly99 formally elected as the President of BCCI pic.twitter.com/Ln1VkCTyIW
— BCCI (@BCCI) October 23, 2019
सौरव गांगुलीलाई यो पदको लागी निर्विरोध चुनीएको थियो । गांगुलीको कार्यकाल १० महिनाको हुनेछ । करीब ३० मिहिनाको लामो अन्तराल पछि बीसीसीआईले अध्यक्ष पाउदैछ, उनको अलावा बोर्डका अन्य सदस्य पनि आफनो–आफनो जिम्मेदारी सम्हाल्नेछन् । यसमा केन्द्रिय गृहमन्त्रि अमित शाहका छोरा जय शाह सचिव, उत्तराखण्डका महिम वर्मा उपाध्यक्ष, बीसीसीआईका पुर्व अध्यक्ष र केन्द्रिय वित्त राज्य मन्त्रि अनुराग ठाकुरका सानो भाई अरुण धुमल कोषाध्यक्ष र जयेश जाँर्ज संयुक्त सचिव हुनेछ ।
गांगुली केबल करीब दस महिना मात्र बोर्डको अध्यक्ष रहनेछन् र अगिल्लो बर्ष जुलाईमा उनको कार्यकाल सकिनेछ । नयाँ नियम अनुसार। कुनै पनि सदस्य लगातार ६ बर्षसम्म मात्र क्रिकेट बोर्डको कुनै पनि पदमा रहन सक्छन् । गांगुल पाँच बर्ष २ महिनादेखी बंगाल क्रिकेट एसोशियशनको अध्यक्ष बनिसकेका छन यसकार बीसीसीआईमा उनको कार्यकाल केबल १० महिनाको रहनेछ ।
गांगुली बीसीसीआईका यस्तो पहिलो अध्यक्ष हुनेछन् जो सँग ४०० भन्दा बढि अन्तराष्ट्रिय म्याचको अनुभव हुनेछ । उनले ४२४ म्याच खेलेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा