सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
देशमा फेस्टिभ सीजनको बहार छाएको छ, मानिसहरु आफुलाई चाहिने सर–सामानहरुको खरीदमा लागेका छन् । अटो कम्पनिहरुले यि दिनहरुमा आफनो ग्राहकहरुको लागी कैयौ राम्रा–राम्रा अफरहरु लिएर आएका छन् ।
कुरा टु–व्हीलर्सको गर्ने हो भने कैयौ नयाँ मोडलका वाइकहरु शे–रुममा आफनो ग्राहकहरुलाई कुरीरहेका छन् । यदि तपाईहरुको बजेट पनि दुई लाख भन्दा बढि छ भने यहाँ हामी तपाईहरुको लागी लिएर आएका छौ ५ सबैभन्दा धेरै BHP वाला वाइक, जसले तपाईको राइडिङको थ्रिलमा बदलि दिनेछ ।
आजका युथहरुलाई सबैभन्दा धेरै आकर्षित गर्ने गर्दछ TVS को अपाचे । अपाचे सीरिजको RTR 160 4V एक हाई परफरमेन्स बाइक हो जो हाई BHP दिने गर्दछ । यो बाइकको शो रुम मुल्य २,८५,९०० कायम गरीएको छ । इन्जिनको कुरा गर्ने हो भने यसमा 159.7cc को इन्जिन लगाइएको छ । यो इन्जिन र्काबुरेटर र फ्यूल इजेक्शन अपशनमा छ । यसको र्काबुरेटर भर्जन 16.5hp को पावर दिन्छ जबकि फ्यूल इन्जेक्शन भर्सन 16.8hp को पावर दिन्छ । बाइक एन्टि लक ब्रेकिङ सिस्टमले सुसज्जीत छ । यसको जबरदस्त स्पोर्टी लुक्स र परफरमेन्स यसको विशेष गुणहरुमा समावेश छ ।
पल्सर NS160 मा पाइनेछ 160cc DTS-i इन्जन जसले पावर दिन्छ । 15.5PS र यसको मेक्सिमम टार्क 14.6Nm हो । बाइकलाई नेपालको शो–रुम मुल्य २,८५,९०० हजार रहेको छ । यो बाइकको लुक धेरै स्पोर्टी त छैन तर यूथहरुले धेरे रुचाउछन्, बजाजले यसमा राम्रो क्वालिटी को पनि प्रयोग गरेको छ । सुरक्षाको लागी यसमा डिस्क ब्रेकसँगै एन्टी लक ब्रेकिङ सिस्टमको पनि सुविधा मिल्नेछ ।
नेपालमा सुजकीको जिक्सरले केही हदसम्मका ग्राहकहरुलाई लोभाइरहेको छ । यही बाइकले सुजुकीलाई नेपालमा राम्रो ठाउँ पनि प्रदान गरेको छ । इन्जीनको कुरा गर्ने हो भने यसमा 154.9 cc को इन्जीन छ, जसले 14.8 bhp को पावर र 14 Nm टार्क जनरेट गर्दछ । इन्जिन ५–स्पीड गियरबक्सले परिपुर्ण छ । यो बाइक एन्टि लक ब्रेकिङ सिस्टमले लेस छ । बाएइकको नेपालमा शो–रुम मुल्य १,५०,००० देखी २,००,००० सम्म पर्दछ ।
आफनो शार्प डिजाइन र बलियो इन्जिनको कारण होन्डाको CB Hornet ग्राहकहरुलाई लोभाइरहेको छ । यसको डिजाइन आफनो सेगमेन्टमा केही अलग छ । यसमा 162.7cc, एयर–कूल्ड इन्जिन छ, जो 5.09hp को पावर र 14.5Nm टोक जेनेरेट गर्दछ । इन्जिन ५–स्पीड गियरबक्सले बनेको छ । बाइकको मुल्य २,६५,००० देखी ३,०३,९०० सम्म रहेका छन् ।
नेपालमा यामाहा ले आफनो स्पोर्टी डिजाइनले धेरै नै नाम कमाएको छ । FZS का मस्क्लुकर डिजाइन देखेर नै मन उत्साहि हुन्छ । यो बाइकमा 149cc को इन्जिन लगाइएको छ । 13.2Ps को पावर र 12.8Nm को टाक दिन्छ । यसमा कैयौ तरिकाको सेन्सर लगाइएको छ । बाइकमा किन किक छैन तर यसमा अप्शन दिइएको छ, यानी तपाईले छुट्टै किक हान्न सक्नुहुन्छ । बाइकमा एनिट लक ब्रेकिङ सिस्टम दिइएको छ । बाइकलाई नेपालका शो–रुमहरुमा ३,१५,९०० मुल्य सम्म तोकिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा