सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आइतबार गत भदौ १० देखि सुरु भएको नाडा अटो शो २०१९ सम्पन्न भएको छ ।
राजधानीको भृकुटीमण्डपमा चलेको सो अटो शोमा करिब ८५ हजार अवलोकनकर्ताले अवलोकन गरेको र अनुमानित ५०० करोडको व्यापार भएको नाडाका उपाध्यक्ष कृष्ण प्रसाद दुलालले जानकारी दिए ।
नेपाली बजारमा नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले पहिलो पटक बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ सार्वजनिक गरिएको थियो ।
भारतीय बजारमा टाटा एच फाइभलाई टाटा ह्यारियर भनेर चिनिने टाटा नेपाली बजारमा सो शो सुरु हुनु भन्दा केही दिन अघि बुकिङ्ग खुला भएको थियो । टाटा एच फाइभको मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकिएको थियो ।
यसैगरी नाडाले मेला विगतमा भन्दा ठूलो स्थानमा, निकै व्यवस्थित, उत्कृष्ट स्टल र लेटेष्ट सवारी साधनका कारण भव्य भएको जनाएको छ ।
सो मेलाको मुख्य आर्कषणको रुपमा रहेका नयाँ ब्रान्डका केही सवारी साधन र केही ब्रान्डले ल्याएका हाइव्रिड र इलेक्ट्रीक कारमा निकै ठूलो भिड लागेको थियो ।
यस मेलामा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल टोयोटाको लागि नेपालको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डीकेट प्रा.लिले जितेको छ ।
यसैगरी उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल केटियमका लागि नेपालको आधिकारिक विक्रेता हंशराज एण्ड हुलासचन्द एण्ड कम्पनी प्रा.लिले जितेको नाडाले जनाइएको छ ।
नाडाका अनुसार बेष्ट सपोटिङ्ग स्टलकातर्फबाट टोटल लुव्रिकेण्टसका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी ल्युव आयल प्रा.लिले जितेको छ ।
नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका महासचिव सुनिल रिजाल, पत्रकारकातर्फबाट मेरो अटोका सम्पादक सागर गजुरेल तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विस प्रा.लिका प्रवन्ध निर्देशक सन्तोष क्षेत्री समेत सदस्य रहनेगरी एउटा छनोट समिति गठन गरेको थियो ।
टाइटल स्पोन्सर सर्वो लुव्रिकण्टसले गरेको नाडा अटो शोको सर्वो लुव्रिकेण्टसले ६ पटक टाइटल स्पोन्सर गरिसकेको छ ।
नाडाले उक्त शोमा थप आकर्षणका लागि ओमेगा अटोमोबाइल्सको प्रायोजनमा जि.पि.एक्स. जेन्टलमेन २०० सि.सि. क्षमताको मोटर साइकल टिकटको लक्की ड्र गरी भाग्यसाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था गरेको थियो ।
यसैगरी डोरप्राइज पाउने टिकट नम्बर ०१२३३१ रहेको नाडाले जनाइएको छ । नाडाका अनुसार विजेताले आफनो टिकटसहित नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
नाडाका अध्यक्ष शम्भुप्रसाद दाहाल, निबर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ उपाध्यक्षद्धय धु्रववहादुर थापा, कृष्णप्रसाद दुलाल र प्रकाश कपुरी, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानियाले सो अटो शो मा सहभागी ९५ कम्पनीहरुलाई उक्त शो समापन कार्यक्रममा मोमेण्टो वितरण गरिएको छ ।
उक्त प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य महानगरिय ट्राफिक प्रहरी महाशाखाले गरेको नाडाले जनाएको छ । सो प्रदर्शनीको फायर सेफटीको सम्पूर्ण कार्य नाडा कै सदस्य कम्पनी हिटको प्रा.लिले गरेको नाडाले जनाएको छ ।
यसैगरी उक्त शोको प्रदर्शनीको प्रचार प्रसारको कार्य एभरेष्ट एडले गरेको थियो ।
नाडा अटो शो २०१९ लाई सफल बनाउन सहयोग पुर्याउने सबै सरोकारवाला कम्पनी र संस्थालाई शो समापन कार्यक्रममा नाडाका अध्यक्ष शम्भप्रसाद दाहालले धन्यवाद दिएका छन् ।
नाडाले नाडा अटो शो २०१९ सम्पन्न गर्न अध्यक्ष दाहाल कै अध्यक्षतामा १३ सदस्यीय नाडा अटो शो सल्लाहकार समिति र नाडाका केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठको संयोजकत्वमा १४ सदसिय नाडा अटो शो २०१९ व्यवस्थापन समिति समेत गठन गरिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा