सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नाडा अटो शोको उदघाटन समारोहलाई सम्बोधन गदै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशको आर्थिक विकासको लागि सवारी साधन आवश्यक भएता पनि उक्त साधनको मात्रा भने धेरै बढाउन नहुने बताएका छन् । उक्त समारोहमा अर्थमन्त्री खतिवडाले अरु क्षेत्र कमजोर हुने गरी सवारी साधन मात्रा धेरै बढाउन नहुने बताएका छन् ।
अर्थमन्त्री खतिवडाले गएको १० वर्ष यता अटो व्यापार बदै गएको भन्दै तीव्र आर्थिक वृद्धिको अवस्थामा धेरै गाडी आयात फाइदाजनक नहुने जानकारी दिए ।
अर्थमन्त्री खतिवडाले सबै गाडी आयात गरेर बेच्ने भन्दा पनि देशमै गाडी ‘एसेम्बल’ गर्न व्यवसायीलाई आग्रह गरे। उनले भने, ‘जुनसुकै देशमा पनि पहिला ‘एसेम्बलिङ’ हुने र पछि बल्ल गाडी कम्पनी नै खुल्ने गरेको छ, सरकारले यस्ता उद्योगलाई कर छुट दिने निर्णय गरेको छ’ ।
अर्थमन्त्री खतिवडाले तत्कालै पेट्रोल डिजेलबाट चल्ने गाडी विस्थापन गर्न नसकिने भए पनि विद्युतीय गाडीको उपयोग बढाउन आग्रह गरेका छन् ।
अर्थमन्त्री खतिवडाले सरकारले विद्युतीय गाडी आयातमा कर छुट दिएको तर केही ब्यापारीले ब्याट्रीबाट स्टार्ट हुने तर पेट्रोलले चल्ने गाडी ल्याएर करछुट माग्दै बदमासी गरेको आरोप लगाए।
अर्थमन्त्री खतिवडाले सडकको कारण गाडी चलाउन र बिक्री वितरणमा असर पुगेको स्वीकार गरेका छन् । मन्त्री खतिवडाले काठमाडौंमा मेलम्ची खानेपानीका सबै पाइप परीक्षण नगरेसम्म सडक चिल्ला हुन नसक्ने समेत बताए । विभिन्न निकायबीचको समन्वय नहुँदा पनि काठमाडौंका सडक राम्रो नभएको उनको भनाइ छ ।
यसपटकको बजेटमा शिक्षापछि सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार क्षेत्रमा छुट्ट्याएकोले अब सुधार हुने मन्त्री खतिवडाले स्पष्ट पारेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म चल्ने नाडा अटो शोमा २३ वटा चारपांग्रे कम्पनीका स्टल, १९ वटा ब्रान्डका दुईपांग्रे गाडीका स्टल रहेका छन् ।
शोमा गाडी, पाटपूर्जा, ब्याट्री गरी ९५ कम्पनीका १६० स्टल रहेका छन् । शोको ७५ हजार जनाले अवलोकन गर्ने अपेक्षा आयोजक नाडाले गरेको जानकारी दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा