सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कास्की, साउन २४ । शुक्रबारदेखि पोखराका बसमा ‘इ (टिकेटिङ’ को परीक्षण गरेको छ । पोखराका नगर बसमा भदौ १ देखि सुरु हुन लागेको ‘इ-टिकेटिङ’ को सबै तयारी पुरा भएको छ ।
यसैक्रममा, आज मात्रै पोखरा १ सिमपानीदेखि पोखरा १७ आँखा अस्पतालसम्मको रुटमा चल्ने नगर बसमा यसको परीक्षण गरिएको छ ।
आजैदेखि सिमपानी, आँखा अस्पतालको रुटमा यो सिस्टम सुरु भइसकेको सिस्टम जडान गर्ने कम्पनी एनक्लाउडका सिइओ दिपेन्द्र नारायण श्रेष्ठले जनाइएको छ ।
यसैक्रममा, महानगरले पहिलो चरणमा ८ सय नगर बसमा जडान गरिने यो सिस्टम लागू भइसकेपछि यात्रु र सवारी धनी दुबै नठगिने र पारदर्शी पनि हुने विश्वास लिएको छ ।
सिमपानीदेखि आँखा अस्पताल रुटमा चल्ने १३ बसमा सिस्टम परीक्षण गरिएको पोखरा बस व्यवसायी समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए । उनले भने, ‘राम्रो रेस्पोन्स आएको छ,’।
यो सिस्टम सुरु लागू भएपछि यात्रुहरुले बसका सहचालकलाई कार्ड देखाइसकेपछि कार्डलाई मेसिनमा देखाउनासाथ कार्डबाटै पैसा काटिन्छ ।
यसैगरी कार्ड जिपिएस सिष्टममा जोडिएको छ । ओभ डेभलपमेन्ट बैंकसँगको सहकार्यमा बनाइएको उक्त यात्रु कार्ड पनि वितरण सुरु भई सकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा