सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा, साउन २१ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१७ कनकपट्टिमा अविरल वर्षातका कारण आएको बाढीले बनाएको खाल्डोमा मोटरसाइकल खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शहिदनगर नगरपालिका वडा नम्बर ४ ननुपट्टि बस्ने ३० वर्षिय सुजित पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए ।
आइतबार राति जनकपुरबाट कनकपट्टि जाने बाटोमा रहेको खाल्डोमा ज १० प ३७२० नम्बरको मोटरसाइकल दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनाबाट परी गम्भीर घाईते भएका उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यू भएको थियो।
मृतक पासवानको शव जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमको लागि राखिएको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार गत असारमा अविरल वर्षातले आएको बाढीका कारण सडक बगाएर बनाएको खाल्डो खतरनाक भएपनि स्थानीय सरकारले कुनै चासो नलिएकै कारण अप्रिय घटना घटिरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा