सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ २५ । विगत १ सातादेखि बेपत्ता विद्यार्थी डाक्टर शिशिर खनालको लाश कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएको छ । काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत खनाल जेठ १७ गतेदेखि वेपत्ता भएका थिए ।
शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपनि प्रहरीले सोही क्षेत्रमा खोजीकार्य जारी राखिरहेको थियो । खोजी गर्ने क्रममा शिशिरको शव कीर्तिपुरस्थित पुष्पलाल चोक नजिकै भेटिएको हो । अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि खनाल कोटेश्वरमामा दाजुभाउजुसँग घर किनेर यतै बस्दै आएका थिए ।
पढाईमा अब्बल शिशिरले केही समयअघि मात्र दुर्घटनामा बाबुआमा गुमाएका थिए भने पछिल्लो समय उनी डिप्रेसनमा परेको बताइएको छ ।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा