• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • म माथि शारीरिक हमला भयो र ज्यान तलमाथि भयो भने अनौठो नमान्नुहोला: प्रधानमन्त्री ओली

      टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

      राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

      नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

      लागुऔषधको जालो भत्काउँदै प्रहरीः कारसहित एक नाइके पक्राउ

      लकडाउनमा उदाएको विरयानी अड्डा

      व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा

      सुनको मूल्यमा सामान्य बढ्यो

      नर्सरीबाट वार्षिक २० लाख आम्दानी

      निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

      उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

      विसं २०७८ मा तीन दशैँ

      मनाङमा पहिलोपटक ३३ केभीको प्रसारण लाइन

      फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

      यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

    होमपेज /  राजनीती

    ‘काङ्ग्रेस कार्यकर्ता भन्छन् : परिक्रमीका होइन परिश्रमीका कुरा सुन’

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ २५, शनिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    भीष्मराज ओझा/ काठमाण्डौँ, जेठ २५ । नेपाली काङ्ग्रेसले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण आज समापन भएको छ ।

    पहिलो चरणको एक महीने जागरण अभियानका क्रममा काङ्ग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर टोलस्तरसम्म भेला, सदस्यता वितरण, प्रशिक्षण, अभिलेख सङ्कलन, पार्टीका अग्रजको सम्मान, शहीदका घर परिवारसँग भेटघाट र सुझाव सङ्कलन गरेको छ ।

    सो जागरण अभियानका क्रममा अधिकांश जिल्लामा स्थानीय नेता कार्यकर्ताले केन्द्रमा नेतालाई मिल्न र पार्टीलाई एक ढिक्का बनाउन सुझाव दिएका छन् । त्यस्तै काम नगरी नेताका वरिपरि घुमेर चाकडी गर्ने परिक्रमी ९गणेश प्रवृत्ति० भन्दा परिश्रमी ९कुमार प्रवृत्ति० लाई महत्व दिन र सोहीअनुसार मूल्याङ्कन गर्नुपर्ने सुझाव जागरणमा मुख्यरुपमा उठेको थियो ।

    अभियानका क्रममा भोजपुरमा खटिएका नेता रामहरि खतिवडाले गाउँमा काङ्ग्रेस आउँदैन भन्ने गुनासोलाई सम्बोधन गरेर टोलस्तरसम्म विभिन्न कार्यक्रम गरेको बताए ।

    केन्द्रका नेतालाई मिल्न आग्रह

    कार्यक्रममा गत निर्वाचनमा जितेका र हारेका पार्टीका उम्मेदवारसँगै भएर सौहार्द वातावरणमा कार्यक्रम गरेको जानकारी गराउँदै उनले भने, “स्थानीय नेता कार्यकर्ताले पार्टीमा एकता कायम गर्न र गुटउपगुट अन्त्य गर्न सुझाव दिनुभएको छ । कार्यकर्ताले केन्द्रका नेतालाई मिल्न र परिक्रमीको नभई परिश्रमिकका कुरा सुन्न आग्रह गर्नुभयो ।”

    काङ्ग्रेस पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्ने र काङ्ग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको उपलब्धिको सम्प्रेषण गर्ने अभियानको मुख्य उद्देश्य रहेको थियो ।

    सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित जागरण अभियान २०७६ सालभरि तीन चरणमा सम्पन्न हुनेछ । अभियानको प्रथम चरण गत वैशाख २५ गते प्रारम्भ भई आज समापन हुँदैछ । दोस्रो चरण आगामी भदौ २४ गते बिपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ । तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ मेलमिलाप दिवसमा समापन हुने गरी तय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    बाँकेमा खटिएका नेता एनपी साउदले अभियानमा पार्टीका सबै एकाइ र भ्रातृ तथा शुभेच्छुक संस्था परिचालन भएको, पार्टीमा एकताको सन्देश गएको र नयाँ सन्दर्भमा पार्टी एक भएर जानुपर्छ भन्ने स्थानीय नेता कार्यकर्ताको बुझाई रहेको बताए । “सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जनता निराश भएको पायौँ, जनचासोका विषयलाई काङ्ग्रेसले उठाउनुपर्छ, केन्द्रमा नेताहरु मिल्नुपर्छ, जागरण अभियानजस्ता कार्यक्रम पार्टीले निरन्तर गर्नुपर्छ भन्ने स्थानीय तहमा माग छ ।”

    संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ

    काङ्ग्रेसले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने, बढ्दो महँगी, असुरक्षा, भ्रष्टाचारलगायत विषयका विरुद्ध पार्टीले कार्यक्रम बनाई जनतामा जानुपर्ने सुझाव आएको उनले जानकारी दिए । साथै गुटउपगुटका आधारमा नभई पार्टी संस्थागत र पद्धतिका आधारमा चल्नुपर्ने काङ्ग्रेसजनको सुझाव छ ।

    लमजुङमा खटिएकी नेत्री कमला पन्तका अनुसार अभियानले पार्टीका सबै निकाय परिचालन भएको र पार्टीमा एकताको राम्रो सन्देश गएको छ । सयौँ नेता कार्यकर्ता र जनतासँग प्रत्यक्ष अन्तक्र्रिया भएको बताउँदै उनले अभियानका बारेमा केहीले ठीक र आवश्यक थियो भने पनि केहीले भने पहिला केन्द्रमा नै जागरण गर्नुस् भनेर आक्रोश पोखेको उल्लेख गरिन् ।

    नेतृत्वले सबैलाई समान व्यवहार गर्नुपर्ने, इमान्दार कार्यकर्ताको मूल्याङ्कन गर्नुपर्ने सुझाव दिएको नेत्री पन्तको भनाइ थियो । अभियानका क्रममा नेता कार्यकर्ताले पार्टीका भ्रातृ, शुभेच्छुक संस्था र पार्टीका विभाग तन्दुरुस्त बनाउन सुझाव दिएका छन् ।

    अभियानका क्रममा जुम्लामा एक महीनासम्म रहेकी नेत्री रमा पौडेलले अभियानले कार्यकर्तामा उत्साह जागेको सुनाइन् । वडास्तरसम्म भेला, प्रशिक्षणका साथै पार्टीका विभिन्न एकाइका बैठक पनि भएको बताउँदै उहाँले स्थानीय नेताकर्तामा केन्द्रमा नेताहरु एक ढिक्का हुनुपर्छ भन्ने सुझाव दिएको जानकारी दिइन् ।

    रिक्त संरचनालाई यथाशीघ्र पूर्णता दिनुपर्छ

    रसुवामा खटिएका नेता जीवन परियारले अभियानका क्रममा मुख्यरुपमा स्थानीय तहमा लामो समयदेखि पार्टीका तदर्थ समिति भएको र कतिपय एकाइ रिक्तसमेत रहेकोप्रति आक्रोश पोख्दै यथाशीघ्र पूर्णता दिन आग्रह गरेको बताए ।

    काङ्ग्रेसको संशोधित विधानमा संविधानअनुसार पार्टीका नयाँ संरचना बनाउन सङ्क्रमणकालीन व्यवस्था गरिएको भए पनि पार्टी कार्यालयले रिक्त कमिटीलाई पूर्णता दिन प्रभावकारी काम गरेको देखिँदैन । कार्यकर्ताले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको समयमा महाधिवेशन गर्न र प्रशिक्षणका लागि समय समयमा केन्द्रबाट पहल हुनुपर्ने माग गरेको उनले बताए ।

    रसुवामा काङ्ग्रेस र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको र समायोजन प्रक्रिया जारी रहेकाले प्रथम चरणको अभियानसमेत लम्बिएर जेठ ३२ गतेसम्म पुग्ने नेता परियारले बताए । रसुवामा सडकलगायत भौतिक निर्माणमा केन्द्र सरकारले खासै ध्यान नदिएको स्थानीयको गुनासो रहेको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    संसद् पुनःस्थापना भए पनि आकाश खस्दैन : उर्जामन्त्री रायमाझी

    निर्वाचन भए चुनाबमा जान्छौ: अध्यक्ष ढकाल

    प्रतिनिधिसभा विघटनको बिरोधमा कांग्रेसले सोमबार ७७ जिल्लामै प्रदर्शन गर्ने

    भागरथी हत्या प्रकरणको अनुसन्धान तीव्र बनाउन कांग्रेसको माग

    जसपाका स्थायी समिति सदस्य हवारी केपी ओलीको नेकपामा प्रवेश

    भारतीय पूर्वप्रधानमन्त्री र उपराष्ट्रपति देखि दर्जन सांसद र कुटनीतिज्ञलाई भेटेर फर्किए एकनाथ ढकाल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    म माथि शारीरिक हमला भयो र ज्यान तलमाथि भयो भने अनौठो नमान्नुहोला: प्रधानमन्त्री ओली

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

    नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

    लागुऔषधको जालो भत्काउँदै प्रहरीः कारसहित एक नाइके पक्राउ

    राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

    यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

    मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    म माथि शारीरिक हमला भयो र ज्यान तलमाथि भयो भने अनौठो नमान्नुहोला: प्रधानमन्त्री ओली

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑