सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, जेठ २५ । पूर्वी चितवनको रत्ननगरमा रहेको चाउचाउ गोदाममा आगलागी भएको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगरले दिएको जानकारी अनुसार आज बिहान १०ः२० बजे रत्ननगर नगरपालिका–१४ मा रहेको एबिसी चाउचाउको गोदाममा आगलागी भएको हो ।
कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार आगो नियन्त्रणमा आइसकेको छ भने क्षतिको विवरण आउन बाँकी रहेको छ । विद्युत् चुहावट हुँदा आगलागी भएको उनले जानकारी दिए ।
स्थानीय, प्रहरी, भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । आगोका कारण उत्पादित चाउचाउ र बोराको गोदाममा क्षति पुगेको छ ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा