• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • घाँस काट्न गएका बृद्धमाथि नीलगाईले आक्रमण गर्दा मृत्यु

      जामाखोला जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

      २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

      धादिङमा माटाले पुरेर एक महिलाको मृत्यु

      ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

      सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

      अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

      म माथि शारीरिक हमला भयो र ज्यान तलमाथि भयो भने अनौठो नमान्नुहोला: प्रधानमन्त्री ओली

      टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

      राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

      नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

      लागुऔषधको जालो भत्काउँदै प्रहरीः कारसहित एक नाइके पक्राउ

      लकडाउनमा उदाएको विरयानी अड्डा

      व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा

      सुनको मूल्यमा सामान्य बढ्यो

    होमपेज /  समाज

    नेवार समुदाय सिथि नखः पर्व मनाउँदै, थिमिमा मच्छिन्द्रनाथ लोकेश्वरको जात्रा मनाइदै

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ २५, शनिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    लक्ष्मी गारु/भादगाउँ, जेठ २५ । नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन। जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन।

    भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ। त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी ९मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी० समेत खाने गरिन्छ।

    नेवार समुदायमा ऋतुअनुसारको चाडपर्वअनुसारका पकवान खाने प्रचलन रहेको छ। त्यसैले नेवार समुदायका चाडपर्व खानेकुराको नामले समेत प्रसिद्ध छ। त्यस्तै पर्वमध्ये एक हो सिथि नखः पर्व। सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन्। वर्षात्को बेला बगेर आउने भेल र फोहरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो। साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरेको हो।

    सिथि नखः पर्वले नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ। यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः ९धान रोपाइँ० शुरु हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रुपमा लिइन्छ।

    नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउछन्। “पहिलो सिथि नखः महादेव पार्वतीका ज्येष्ठ सुपुत्र कुमारको जन्म दिन भएकोले पनि धार्मिक महत्व छ, गणेश देवताका गणनायक हुन भने कुमार देवगणका सेनापति हुन्। देवी देवतामध्ये सबैभन्दा पहिला कुमारको पूजा आराधना गर्नाले वर्षात्को बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास छ”, प्रा डा श्रेष्ठ भने

    नेवार समुदाय कला संस्कृति र सांस्कृतिक मनोरञ्जनका पारखी हुन्। उनीहरु वर्षभरि अनेकथरी कला, सांस्कृतिक झाँकी र चाडपर्व मनाउने गर्दछन् तर वर्षासँगै ती सबै थाँती राखी धान बाली लगाउन व्यस्त हुन्छन्। नेवारीमा प्रचलित एउटा भनाइ, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात् ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ’ ले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ। यस्तो अवस्थामा किसानलाई जात्रा पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा सिथि नखःको विशेष महत्व रहने गरेको प्रा डा श्रेष्ठको कथन रहेको छ।

    धानखेती धेरै मेहनत र परिश्रमयुक्त खेती हो। वर्षात्को झरीमा रुझेर, हिलो माटोसँग पौंठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ। यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चामलको चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहेको प्रा डा श्रेष्ठले बताउनुभयो । साथै भर्खरै गहुँ भित्र्याइने भएकाले नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटी खाने चलन रहेको छ।

    यस दिन शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठको पूजा गरी नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास रहेको पाइन्छ।

    यस दिन किसानले खेतबारीमा काम गर्दैनन्। एकाबिहानै घरमा रहेको गाई वस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पुर्‍याउने गर्दछ। त्यसपछि आफ्नो घर सफा गरी सिथि नखः पर्व मनाउन व्यस्त हुन्छन्। यस दिन खेतको माटोलाई चोट पुर्‍याउन नहुने जनश्रुती रहेको पाइन्छ।

    थिमिको मच्छिन्द्रनाथ लोकेश्वरको जात्रा आज

    मध्यपुर थिमि–४, बालकुमारीस्थित थिमिको मच्छिन्द्रनाथ लोकेश्वर करुणामयलाई आज साँझ जात्रा गरी मन्दिरमा प्रतिष्ठापन गरिने भएको छ। लोकेश्वरको मूर्तिलाई मर्मत सम्भारका साथै दशकर्म विधिद्वारा प्राण प्रतिष्ठा गरी मन्दिरमा प्रतिष्ठापन गर्न लागेको हो।

    लोकेश्वर करुणामयको मूर्तिलाई यसअघि गत सोमबार मन्दिरबाट निकालेर मध्यपुर थिमि–६, गार्चास्थित जिस्वाँ बहाल पुर्‍याइएको थियो। धार्मिक परम्पराअनुसार थिमिको रातो मच्छिन्द्रनाथको रुपमा रहेको लोकेश्वरलाई वर्षमा एक पटक मर्मतसम्भारका लागि मन्दिरबाट निकाली गार्चास्थित जिस्वाँ बहालमा पुर्‍याउने परम्परा रहेको मन्दिरका पुजारी धर्मसुन्दर बज्राचार्यले जानकारी दिए।

    जिस्वाँ बहालमा पुर्‍याउने क्रममा लोकेश्वरको गरगहना सबै निकाल्नुका साथै सेतो कपडाले बेरेर लगिएको थियो। त्यसअघि चार दिशाबाट ल्याएको पवित्र र चोखो जलले लोकेश्वरको न्हवँ अर्थात महास्नान गराइएको थियो। महास्नानका क्रममा लोकेश्वरलाई दूध र महले समेत नुहाइदिने प्रचलन रहेको बज्राचार्यले बताए।

    जिस्वाँ बहालमा लोकेश्वरको मूर्र्तिमा आवश्यक ममर्तसम्भारलगायतका कार्य हुने बज्राचार्यले जानकारी दिए। “जिस्वाँ बहालमा लोकेश्वरको मूर्तिमा नयाँ रङरोगनलगायतका काम गरी नयाँजस्तै बनाइन्छ”, उनले भने।

    सिथिः नखःको अघिल्लो दिन लोकेश्वरको मूर्र्तिलाई तान्त्रिक विधिद्वारा दशकर्म विधि विधानद्वारा पूजा गरी प्राण प्रतिष्ठा गरिन्छ। त्यसरी तयार भएको मूर्र्तिलाई सिथिः नखःको दिन बाजागाजासहित जात्रा गरेर बालकुमारीस्थित मन्दिरमा प्रतिस्थापन गर्ने परम्परा रहेको बज्राचार्यले जानकारी दिए।

    काठमाडौँ उपत्यकामा भएका ललितपुरको रातो मच्छिन्द्रनाथ, काठमाडौँ जनबहालको सेतो मच्छिन्द्रनाथ, चोभारको आदिनाथलाई जस्तै थिमिको लोकेश्वरको मूर्र्तिलाई पनि वर्षको एक पटक प्राण प्रतिस्थापन गर्नको लागि परम्परादेखि यो प्रचलन चल्दै आएको उनले बताए।

    उनका अनुसार यो परम्परा कहिले शुरु भएको भन्ने बारेमा कुनै शिलालेख वा अन्य ऐतिहासिक प्रमाण फेला नपरे पनि थिमिमा बज्रार्चायको बसोवास नेपाल सम्वतको ६०० वर्षमा भएको देखिएकाले यो परम्परा पनि सोही बेलादेखि शुरु भएको विश्वास गरिएको छ। “तत्कालीन समयमा घरजग्गा बिक्री गर्नुपर्दा वा दृष्टि बन्धक राख्नुपर्दा साक्षीको रुपमा बज्राचार्य गुरुजुलाई राख्ने परम्परा रहेको र सोसम्बन्धी लिखत फेला परेकाले सो बेलादेखि थिमिमा गुरुजुको बसोबास भएको प्रमाण रहेको तथा सोही बेलादेखि लोकेश्वरको यो परम्परा पनि चलेको हुनुपर्छ”, बज्राचार्यले भने। रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बङ्गलादेशबाट रासायनिक मल खरिद शुरु

    हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

    बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटी पक्राउ

    मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

    टोखामा सङ्क्रमित १३ सय नाघ्यो

    पृथ्वीराजमार्ग क्षतविक्षत, २०० भन्दा बढी ठाउँमा पहिरो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    घाँस काट्न गएका बृद्धमाथि नीलगाईले आक्रमण गर्दा मृत्यु

    जामाखोला जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

    २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

    धादिङमा माटाले पुरेर एक महिलाको मृत्यु

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

    राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

    यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

    मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

    घाँस काट्न गएका बृद्धमाथि नीलगाईले आक्रमण गर्दा मृत्यु

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑