सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सरकारले जेठ २६ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको छ । त्यस दिन भोटो देखाउने जात्र परेकोले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको हो । त्यस दिन राष्ट्रप्रमुखको उपस्थितीमा भोटो देखाइने छ ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्याईएको छ । रथ जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्र मनाउने गरिन्छ । कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हुँदै मान भवन, कुमारीपाटी गरी जावलाखेल पु¥याएका हुन् ।
प्रत्येक गाउँबाट १५ देखि २० जनाको टोली धिमेबाजा बजाउँदै आएर करीब १५० देखि २०० जनाको टोलीले रथ तानेको छ । हरेक वर्ष ठटिटोलबाट जावलाखेलसम्म रथ लान यी सात गाउँका मानिस अनिवार्य उपस्थित हुने चलन छ । “रथ तान्ने अघिल्लो दिन ८४ वर्षीय ञँवाल चाकला डङ्गोलले नरिवाल खसाली यस स्थानसँग बिदा मागे”, डङ्गोलले भने, “चार बजेपछि रथ तान्ने नियम रहँदा ५ः१० मा रथ तानी साढे ६ बजेमा रथ जावलाखेल पुयायौँ ।” बिहान ञँवालहरुले धुपीको फूलले मच्छिन्द्रनाथको रथलाई हरियो स्वरुपमा सजावट गरेका बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा