सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, जेठ २४ । बिहीवार साझ एकाएक आएको हावाहुरीले कैलालीको टीकापुरमा ठूलो मात्रामा धनजनको क्षति गर्नुको साथै एकजनाको मृत्यु समेत भएको छ । मौसम बिदका अनुसार १०० किलोमीटर प्रतिघन्टाको गतिमा आएको विनाशकारी हावाहुरीले टीकापुरमा मात्र नभई कैलाली कै गोदावरीमा मोटरसाइकललाई टिप्परले ठक्कर दिदा बिरबहदुर चौधरीको मृत्यु भएको छ भने कैलाली जिल्लामा मात्र ७६ भन्दा बढी घाइते भएका छन ।
टीकापुर नगरपालिका वडा नम्बर २ राजिपुरका ४७ बर्षिय लहानु डगौरा (चौधरी) त्यही हावाहुरी आएको समय आफ्नो पोल्ट्री फार्ममा जादै गर्दा पोल्ट्री फार्मको कम्पाउण्ड भत्किदा त्यसैमा परि घाइते भएका थिए । घाइते डगौरालाई उपचारका लागि टीकापुर अस्पताल लिएर अस्पतालले कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज रेफर गर्दा कोहलपुर लैजाने क्रममा उनको मृत्यु भएको थियो ।
उनै मृतक डगौराको परिवारलाई टीकापुर नगरपालिकाले अाज राहत हस्तान्तरण गरेकाे छ । नगरपालिकाका मेयर तपेन्द्र रावलले मृतकका परिवारलाई राहत स्वरुप नगद २५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन । मेयर रावल संगै उपमेयर केशरी बिस्ट, वडा नम्बर १ अध्यक्ष गंगाराम आचार्य, २ अध्यक्ष प्रकाश बुढाथोकी समेत रहेका थिए । नगरपालिकाको यो टोलिले मृतक परिवारलाई राहत वितरण संगै विनाशकारी हावाहुरीले धनजनको क्षति भएकाहरु समेत अनुगमन गरेको नगरपालिकाले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा