सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली, जेठ २४ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले घाईतेहरुको उपचार र क्षतिको बिवरण संकलन गरी क्षतिपुर्ती यथासिघ्र चाडो व्यबस्था गरी जनतालाई राहत दिन सरकार संग माग गरेको छ ।
शुक्रबार नेपाली काँङ्ग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले विज्ञप्ती प्रकाशित गरी जेठ २३ गते राती कैलाली कञ्चनपुर लगाएत विभिन्न क्षेत्रमा आएको बिनाशकारी हावाहुरीले ठुलो धनजनको क्षति प्रति दुख समेत व्यक्त गरेका छन ।
विज्ञप्तमा बिनाशकारी हावाहुरीमा परेर ज्यान गुमाएका टीकापुरका लहानु चौधरी र गोदावरीका बिरबहादुर चौधरी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।
‘प्रदेश सरकार तथा संघिय सरकारले घाईतेहरुको उपचार र क्षतिको बिवरण संकलन गरी क्षतिपुर्ती यथासिघ्र चाडो व्यवस्था गरी जनतालाई राहत दिनपर्छ’, नेपाली काँङ्ग्रेस सुदूरपश्चिम प्रदेश प्रतिपक्ष दलको विज्ञप्तीमा भनिएको छ ‘ दुखद घडीमा विपदमा परेकाहरुको उद्धार, उपचार तथा पुनस्र्थापनमा जुटौ ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा