सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २४ । काठमाडौंको अत्तरखेलमा प्रहरीले कुख्यात लुटेरा भनेर चिनिएका छिरिङ तामाङ उर्फ ‘काका’ लाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको छ । शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाले तामाङ र तामाङसँगै रहेका चार जनालाई नियन्त्रणमा लिएको हो ।
फरार भएका तामाङलाई दुई राउण्ड गोली हानी नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी सहकुल थापाले जनाए। यसैक्रममा चलाएको गोली तामाङको खुट्टामा लागेको थियो।
तामाङको समूहले २०७५ भदौ २६ गते कलंकीमा मनी ट्रान्सफरमा लुटपाट गर्ने क्रममा १ लाख ७० हजार लुटेका थिए। २०७५ माघमा चाबहिलस्थित एक सहकारीमा लुटपाटको प्रयास गरेको, २०७५ चैतमा गोकणेश्वरस्थित एक मनी ट्रान्सफरबाट ३ लाख रुपैयाँ लुटेको, २०७६ जेठमा ललितपुरको इमाडोलमा १ कम्पनीबाट १ लाख लुटेको थियो ।
प्रहरीले तामाङसहित धराने भनिने नितेश तामाङ, मुन्द्रे भनिने अजय तामाङ, बाहुन भनिने रुपेश चौलागाईंलाई नियन्त्रणमा लिएको जनाए । यो समूह काठमाडौंमा रेमिट्यान्स कम्पनीहरुलाई लक्षित गरेर लुट्ने समूह रहेको एसएसपी थापाले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा