सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २४ । शुक्रबार काठमाडौँमा आयोजित ‘उत्कृष्ट महिला उद्यमी सम्मान’ कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बोल्दै घरेलु तथा साना उद्योगको विकासमा सरकारले विशेष ध्यान दिएको जनाए।
घरेलु तथा साना उद्योगको संरक्षणका लागि सरकारले ५ करोडभन्दा बढी लगानी गरेको उद्योगमा मात्रै वैदेशिक लगानी भित्र्याउने नीति लिएको मन्त्री यादवले जनाएको छ ।
उक्त कार्यक्रममा बोल्दै यादवले सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारालाई साकार पार्न उद्योग क्षेत्रको विकासलाई जोड दिएको जानकारी दिए । मुलुकको अर्थतन्त्रलाई अघि बढाउन घरेलु तथा साना उद्यमीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि मन्त्री यादवले जानकारी दिएका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा