सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, जेठ २४ । बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । युक्त अरब इमिरेट्सको दुबईमा बिहीबार इद मनाएर फर्किएकाहरु चढेको बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ भने, पाँच जना घाइते भएका छन् ।
ओमानबाट बिहीबार बेलुका इद मनाएर फर्किएको बस रासिदियाको शेख मोहम्मद बिन जायद रोडमा दुर्घटना भएको दुबई प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जानकारी दिएका छन्। उक्त बसमा विभिन्न देशका ३१ जना यात्रु दुर्घटनामा परेका छन्।
उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव रासिद अस्पतालमा राखेको छ भने, घाइतेको पनि त्यहीँ उपचार भैरहेको खबरहरुले जनाएको छ ।
बीबीसीाका अनुसार उक्त दुर्घटनामा एक जोडी दम्पती बेपत्ता भएको छ भने, दुर्घटनाको कारण खुलेको छैन।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा